काठमाडौं, १५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकले अब स्थिरता चाहेको बताएकी छन्।तुमु ल्होसारको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले युवाले चाहेजस्तो देश निर्माणका लागि निर्वाचन मुख्य आधार भएको बताइन्।
अब सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो।उनले भनिन्, ‘मुलुकले अब थप अस्थिरता होइन, स्थायित्व र विश्वास चाहेको छ। हामी सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प छैन।उनले देशमा फागुन २१ गते हुने निर्वाचन वातावरण बन्दै गएको बताइन्।उनले भनिन्, ‘पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै आज हामी शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएका छौँ। त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै हो। आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको छ।’
उनले सरकारले निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेको बताइन्। यसका लागि राजनीतिक दलको नेतृत्व तथा युवाहरुले सुझबुझ देखाएको भन्दै उनले आभार व्यक्त गरिन्।
प्रतिक्रिया