काठमाडौं १४ पुस – वैकल्पिक शक्तिको लामो तथा जटिल छलफलपछि ठूलो सफलता मिलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ (उज्यालो नेपाल पार्टीका संरक्षक) बीच सोमबार अन्तिम समयमा ७ बुँदे सहमति भएको छ। यो सहमतिले आगामी फागुन २१ को निर्वाचनमा तीन शक्तिलाई एक ठाउँमा उभाएको छ।
सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय ले हस्ताक्षर गरेका छन् भने बालेन शाहलाई साक्षी राखिएको छ।
सहमतिका मुख्य बुँदाहरू
- पार्टी नाम र चिह्न : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै रहने, चुनाव चिह्न घण्टी र झण्डा साविककै।
- नेतृत्व वरियता :
- सभापति : रवि लामिछाने।
- उपसभापति : कुलमान घिसिङ (पहिलो दर्जाको)।
- यसअघिका उपसभापति डोलप्रसाद (डीपी) अर्याल चौथो र स्वर्णिम वाग्ले पाँचौं वरियतामा पुगेका छन्।
- निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्री उम्मेदवार : बालेन्द्र शाह (बालेन) (कुलमानपछिको वरियता)।
- उम्मेदवारी हिस्सा :
- प्रत्यक्षतर्फ ३० प्रतिशत र समानुपातिकतर्फ २० प्रतिशत उम्मेदवार उज्यालो नेपाल पक्षबाट (कुलमानको दाबी)।
- समानुपातिक बन्दसूची तीन पक्ष (रास्वपा, उज्यालो नेपाल र बालेन पक्ष) लाई समेटेर एउटै बुझाउने।
- दस्तावेज अद्यावधिक : सहमतिअनुसार रास्वपाको दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने।
- अन्य : जेनजी आन्दोलनको मर्म, सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाउने। अन्य वैकल्पिक शक्तिलाई पनि आह्वान।
प्रतिक्रिया