ठूलो शक्तिसँग ठूलै असुरक्षा आउँछ

किन कमजोर राज्यहरूभन्दा बलिया राज्यहरू बढी डराउँछन्

धेरैजसो विदेश नीति विचारधारालाई एक आधारभूत सिद्धान्तले जोड्छः शक्ति भनेको सुरक्षा हो। विश्वव्यापी प्रहरी बल नभएको हुनाले समस्या पर्दा राज्यहरूले आफ्नो सुरक्षा सुनिश्चित गर्न शक्ति जम्मा गर्नुपर्छ। उनीहरूले आफ्नो देशको रक्षा गर्न र महत्वपूर्ण अन्तर्राष्ट्रिय हितहरू जोगाउन बलियो सेना बनाउनुपर्छ। ती सेनालाई खर्च चलाउन र आर्थिक दबाब सहन सक्ने गरी मजबुत अर्थतन्त्र विकास गर्नुपर्छ। यी धारणाहरूले शताब्दीयौंदेखि रणनीति निर्देशित गरेका छन्, जसमा आजका विश्वका दुई सबैभन्दा शक्तिशाली देशहरूको नीति पनि समावेश छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शत्रुहरूलाई निरुत्साहित गर्न सेना वृद्धि र आर्थिक आत्मनिर्भरताको खोजीमा छन्, जसलाई उनका सल्लाहकारहरूले “शक्ति मार्फत शान्ति” नीति भन्छन्। चीनका नेता सी जिनपिङले पनि जनमुक्ति सेना र उत्पादन क्षेत्रमा पैसा खन्याएर आफ्नो देशलाई “आत्मनिर्भर र बलियो” बनाइरहेका छन्।
यो सत्य हो कि शक्तिले भौतिक रूपमा सुरक्षा बढाउन सक्छ। तर सुरक्षा मनोवैज्ञानिक घटना पनि हो। नेता र नागरिकहरू दुवैले ठूला सेना चाहन्छन् किनकि तिनले सुरक्षित महसुस गर्न चाहन्छन्, केवल तिनका लागि मात्र होइन। तर मनोवैज्ञानिक अनुसन्धानहरूले सुरक्षा महसुस गर्ने भावना भौतिक शक्तिको तथ्यांकसँग मिल्छ भन्ने विचारलाई लगभग कुनै समर्थन गर्दैनन्। वास्तवमा, प्रमाणहरूले उल्टो देखाउँछन्ः शक्तिले मानिसहरूलाई अरूको नियतप्रति बढी शंकालु बनाउँछ र त्यहीकारण चिन्ता बढाउँछ। बलियाहरू कमजोरहरूभन्दा बढी सम्भावित रूपमा सावधान र तर्कसंगत विश्लेषण छोडेर निर्णय गर्छन्। बरु, उनीहरू आन्द्राबाट खतरा मूल्यांकन गर्छन् र हतारमा गोली हान्छन्। कमजोरहरूले आफ्नो वरपर नेभिगेट गर्न गम्भीर सोच्नुपर्ने थाहा हुन्छ, तर बलियाहरूले स्टिरियोटाइप र अन्य मानसिक सर्टकटमा निर्भर बन्न सक्छन् भन्ने कल्पना गर्छन्। फलस्वरूप, शक्तिशालीहरूले संसारलाई निराशाजनक र अत्यधिक सरलीकृत रूपमा हेर्छन्, जसले शंका र चिन्ता उत्पन्न गर्छ।

शक्तिसँग सुरक्षित महसुस गर्नुभन्दा वासिङ्टन साँच्चै भूतहरूको पछाडि लाग्न थाल्यो।


यो मनोवैज्ञानिक निष्कर्ष अन्तर्राष्ट्रिय सम्बन्धमा लागू हुन्छ कि भनेर हेर्न मैले विदेश नीति भष्ति हरू र सामान्य मानिसहरूले राज्य शक्ति र खतरा उभचअभउतष्यल बारे कसरी सोच्छन् भनेर जाँचेको छु। मैले विशेष रूपमा शीतयुद्धकालीन अमेरिकी निर्णयकर्ताहरू, २०२२ मा युक्रेन आक्रमणअघिका रुसी नीतिनिर्माताहरू र समकालीन चिनियाँ र अमेरिकी जनताको सोच जाँचेको छु। मेरा निष्कर्षहरू स्पष्ट थिए। बलिया देशहरू बलिया व्यक्तिहरूजस्तै कमजोरहरूभन्दा बढी असुरक्षित हुन्छन्। उनीहरूका नेता र नागरिकहरूले खतरा कल्पना गर्छन् वा अतिरञ्जित गर्छन्। उनीहरू आवेगमा सोच्छन्। र उनीहरूलाई सजिलै ट्रिगर गर्न सकिन्छ। फलस्वरूप, उनीहरूले आफ्नो राज्य कमजोर महसुस गर्ने व्यक्तिहरूभन्दा बढी युद्ध सुरु गर्न र बढाउन समर्थन गर्छन्।
यो निष्कर्षले दुर्भाग्यपूर्ण निहितार्थ बोकेको छ। आज विश्वमा नयाँ महाशक्ति प्रतिस्पर्धा छ, विशेष गरी अमेरिका र चीनबीच। दुवै पक्ष एकअर्काभन्दा बढी शक्ति प्राप्त गर्न खोजिरहेका छन्, मुख्य रूपमा सुरक्षित महसुस गर्न। तर यो रणनीतिले अपेक्षितको उल्टो प्रभाव पार्ने सम्भावना छ। यदि वासिङ्टन बलियो भयो भने बेइजिङलाई बढी खतरा ठान्नेछ। यदि बेइजिङ शक्तिशाली भयो भने वासिङ्टनको आफ्नो छिमेकका क्रियाकलापलाई बढी धम्कीपूर्ण ठान्नेछ। नतिजा दुष्चक्र हुन सक्छः जति देश सक्षम बन्दै जान्छ, त्यति नै असुरक्षित महसुस गर्छ, जसले थप सैन्य वृद्धि निम्त्याउँछ र दुवै पक्षको चिन्ता अझ बढाउँछ।
यो परिणामबाट बच्न अमेरिका र चीनका—र वास्तवमा कुनै पनि बलियो देशका—अधिकारीहरूले शक्तिको मनोवैज्ञानिक प्रभावलाई निष्क्रिय पार्ने प्रयास गर्नुपर्छ। यसको अर्थ निर्णय गर्नुअघि रोकिनु, सम्भावित खतराबारे उपलब्ध सबै प्रमाण सावधानीपूर्वक मूल्यांकन गर्नु र निष्कर्षका लागि हतार नगर्नु हो। अर्को शब्दमा, उनीहरूले कमजोर सरकार चलाएजस्तै तर्क गर्नुपर्छ, बलियो होइन।

मुकुट लगाउने टाउको सधैं अशान्त हुन्छ

अन्तर्राष्ट्रिय सम्बन्धमा सबैभन्दा पुरानो र प्रभुत्वशाली विचारहरू मध्ये एक हो कि शक्तिले सुरक्षा ल्याउँछ र कमजोरीले असुरक्षा। यो सिद्धान्तले थुसीडाइड्सको पेलोपोनेसियन युद्धको विश्लेषणलाई आधार दिएको थियोः “एथेन्सको शक्तिको वृद्धि र यसले स्पार्टामा उत्पन्न गरेको डरले युद्ध अनिवार्य बनायो।” तर व्यक्तिगत मनोविज्ञानका विद्यार्थीहरूले लामो समयदेखि के बुझेका छन् भने शक्तिले तर्कसंगत दृष्टिकोण र व्यवहार उत्पन्न गर्दैन। वा शेक्सपियरको हेनरी चौथोले भने जस्तै, “मुकुट लगाउने टाउको सधैं अशान्त हुन्छ।”
मनोवैज्ञानिकहरूले दोस्रो विश्वयुद्धपछि शक्तिको प्रभावलाई प्रत्यक्ष अध्ययन गरेका थिए, कसरी सामान्य व्यक्तिहरूले शक्तिशाली महसुस गर्दा ठूलो क्रूरता गर्न सक्छन् भनेर बुझ्न। कुख्यात १९७१ को स्ट्यानफोर्ड जेल प्रयोगमा मनोवैज्ञानिकहरूले सहभागीहरूलाई काल्पनिक जेलर वा कैदी बनाए र जेलरहरू छिट्टै दुव्र्यवहारपूर्ण बनेको पाए। एक दशकअघि स्ट्यान्ली मिल्ग्रामले आज्ञाकारीता प्रयोग गरेका थिए जसमा सहभागीहरूलाई अर्को सहभागीलाई विद्युतीय झट्का दिन निर्देशन दिइएको थियो (वास्तवमा त्यो अर्को सहभागी अभिनेता थिए, झट्का लागेको नाटक गरेका)। मिल्ग्रामका सहभागीहरूले निर्देशनअनुसार झट्का दिन जारी राखे, घातक मात्रामा पनि। यी विवादास्पद अध्ययनहरूले शक्तिले व्यक्तिगत व्यवहारमा भ्रष्टाचारकारी प्रभाव पार्न सक्छ भन्ने प्रारम्भिक संकेत दिए—यति भ्रष्ट कि तिनले प्राज्ञिक अनुसन्धान नैतिकताका नयाँ प्रोटोकल उत्पन्न गरे।
त्यसपछिका दशकहरूमा सुजन फिस्के र डाचर केल्टनर जस्ता अनुसन्धानकर्ताहरूले यी धारणाहरूलाई कडा र वैज्ञानिक रूपमा परीक्षण गर्न थाले। मनोवैज्ञानिकहरूले ल्याबमा सहभागीहरूलाई बढी वा कम स्रोत दिए र उनीहरूको दृष्टिकोण मापन गरे, समूहमा अन्तरक्रिया हेरे र व्यवहार अवलोकन गरे। उनीहरूले कर्पोरेट सेटिङमा बोस र अधीनस्थहरूको दृष्टिकोण र क्रियाकलाप सर्वेक्षण र विश्लेषण गरे। निष्कर्षहरू आश्चर्यजनक थिएः शक्तिको भावनाले आवेगपूर्ण र सहज सोच सक्रिय गर्छ। शक्तिशाली महसुस गर्नेहरूले बढी जोखिम स्वीकार गरे र बढी आत्मविश्वास देखाए, जसले ल्याब खेलमा ठूलो आर्थिक नोक्सान निम्त्यायो। उनीहरूले अरूलाई छिट्टै अमानवीय ठाने, पाखण्ड गरे र सीमान्तकृत समूहका सदस्यहरूसँग अन्तरक्रिया गर्दा जातीय पूर्वाग्रहमा निर्भर गरे। उनीहरू कम इम्प्याथेटिक थिए र अरूलाई धम्कीपूर्ण ठान्थे। एक अध्ययनमा सहभागीहरूले साझा पैसाको बाँडफाँड गर्ने सहकार्य खेल खेले। शक्तिशाली “म्यानेजर” भूमिकामा र्यान्डमली छानिएकाहरूले आफ्ना टिममेटलाई अविश्वसनीय ठाने र स्वार्थी व्यवहार निरुत्साहित गर्न सजाय दिनुपर्ने ठाने। प्रयोगकर्ताहरूले लेखे, अध्ययनले शक्ति सक्रिय गर्ने “होब्सियन” सोच देखाउँछ जसमा “अरूलाई अविश्वास गर्ने र यसैले सजायको उद्देश्यका रूपमा निरुत्साहनमा बढी निर्भर गर्ने” प्रवृत्ति हुन्छ।

वासिङ्टन शक्तिसँग सुरक्षित महसुस गर्नुभन्दा भूतहरूको पछाडि लाग्न थाल्यो।

फिस्के, केल्टनर र उनका सहकर्मीहरूले मुख्य रूपमा नियन्त्रित वातावरणमा व्यक्तिगत सोचमा शक्तिको प्रभाव अध्ययन गरेका थिए—विदेश नीति निर्णयको उच्च दाउको संसारबाट टाढा। सिद्धान्तमा, कर्पोरेट सेटिङमा गरेको अनुसन्धान पनि सिधै लागू हुनुहुन्न। राज्यहरूमा प्रतिस्पर्धी आवाजहरूबीच विचारविमर्श बढाउने धेरै संस्था र नोकरशाही हुन्छन्। तर मेरो अनुसन्धानले मनोवैज्ञानिक साहित्य अत्यधिक सान्दर्भिक भएको पाएको छ। बलिया राज्यका नीतिनिर्माताहरू कमजोरहरूभन्दा बढी असुरक्षित महसुस गर्छन् र बढी आक्रामकता देखाउँछन्। लोकतन्त्रहरूमा जनमतले नेताको खराब आवेगलाई नियन्त्रण गर्न सक्छ भन्ने आशा गर्न सकिन्छ। तर अमेरिकी (र चिनियाँ तथा रुसी) नागरिकहरूको सर्वेक्षणमा मैले पाएको छु कि आफ्नो देश बलियो महसुस गर्ने सामान्य मानिसहरूले पनि खतरा मूल्यांकन उच्च राख्छन् र ह्वाकिस नीतिहरूलाई बढी समर्थन गर्छन् जसले आफ्नो देश कमजोर महसुस गर्छन्। लोकतन्त्रहरू यस प्रकारको सोचप्रति उत्तिकै कमजोर छन्।
वास्तवमा, अमेरिकाले देशको शक्ति वृद्धिले डर बढाउने सबैभन्दा स्पष्ट केस स्टडी प्रदान गर्छ। १७८० को दशकमा स्थापना हुँदा देश भौतिक रूपमा धेरै कमजोर थियो। यसको अर्थतन्त्र युद्ध ऋणले लङ्गडो थियो। यसलाई दर्जनौं सक्षम, स्वतन्त्र भारतीय राष्ट्रहरूले घेरेका थिए। दक्षिणपूर्वी चोक्टा मात्रले अमेरिकी स्थायी सेनाभन्दा दश गुणा ठूलो सैन्य बल राख्थे। अमेरिकी संस्थापकहरू पनि आफ्नो नयाँ राष्ट्र बाँच्नेमा निश्चित थिएनन्। तर डराउनुभन्दा उनीहरूले रणनीतिक वातावरण सावधानीपूर्वक मूल्यांकन गरे र कूटनीतिलाई राज्यक्राफ्टको मुख्य औजार बनाए। राष्ट्रपति जर्ज वासिङ्टनले नियमित रूपमा भारतीय प्रतिनिधिमण्डलहरूलाई सम्मान गर्थे र युरोपेली प्रतिनिधिहरु(डिग्नीटरीज) जस्तै उनीहरूलाई जमिन सेशनका लागि पैसा तिर्थे। “पूर्ण सुरक्षा” को सपना “राष्ट्रिय आचरणको नियमका लागि अत्यधिक कल्पनाशील” हो भन्दै अर्थमन्त्री अलेक्जेन्डर ह्यामिल्टनले चेतावनी दिएका थिए।
तर उन्नाइसौं शताब्दीमा पश्चिमी गोलार्धमा हेजेमोनी मा उक्लँदा अमेरिकाको गणना बदलियो। निर्णयकर्ताहरूले भारतीय राष्ट्रहरूलाई सम्भावित साझेदार होइन असह्य खतरा ठाने। उनीहरूले भारतीयहरूलाई युद्धप्रिय र अतार्किक चित्रण गर्ने जातीय स्टिरियोटाइपमा बढी निर्भर गरे। सरकारले तिनीहरूमाथि आक्रमण गर्नुबाहेक विकल्प नभएको ठाने। १८९० मा “घोस्ट डान्स” नामको धार्मिक आन्दोलनले सहभागीहरूलाई आफ्ना पुर्खाका आत्मासँग जोडेर अमेरिकी पश्चिम विस्तार र सांस्कृतिक अन्तरघुलन को प्रतिरोध गर्न खोजेको थियो। लाकोटा जनताको यो नाचले अमेरिकी सम्भ्रान्त हरूलाई यति चिन्तित बनायो कि राष्ट्रपति बेन्जामिन ह्यारिसनले अमेरिकी गृहयुद्धपछि सबैभन्दा ठूलो सैन्य परिचालन पाइन रिज रिजर्भेसनमा पठाए। नतिजा वुन्डेड नी नरसंहार भयो। शक्तिसँग सुरक्षित महसुस गर्नुभन्दा अमेरिका साँच्चै भूतहरूको पछाडि लाग्न थाल्यो।
केही आक्रमण अवसरबाट प्रेरित थिए, डरबाट होइन। बढ्दो शक्तिसँग वासिङ्टनले कमजोर हुँदाको भन्दा बढी जमिन प्राप्त गर्न सक्थ्यो। तर निर्णयकर्ताहरूले विस्तार भारतीय राष्ट्रहरूको बनिबनाउ खतराबाट पनि प्रेरित भएको स्पष्ट पारेका थिए। “म सबै राम्रा भारतीयहरू मरेका भारतीयहरू मात्र हुन् भन्ने सोच्दिनँ,” भविष्यका राष्ट्रपति थियोडोर रुजभेल्टले १८८६ मा कुख्यात रूपमा भनेका थिए, “तर म विश्वास गर्छु कि दशमध्ये नौ त्यस्ता छन्, र दशौंको मामलामा धेरै नजिकबाट जाँच गर्न चाहन्नँ।” इतिहासकार नेड ब्ल्याकहकलाई उद्धृत गर्दा, अमेरिकी अधिकारीहरूले आफ्नो “उदयीमान जातीय व्यवस्था” पश्चिमका भारतीयहरूबाट “निरन्तर खतरा” मा रहेको महसुस गर्थे।

शक्ति भ्रष्ट गर्छ

दोस्रो विश्वयुद्धको अन्त्यले अमेरिकी शक्तिमा अर्को ठूलो वृद्धि ल्यायो। युद्धअघि अन्य सरकारहरूले कम्तीमा वासिङ्टनको समकक्ष दाबी गर्न सक्थे। तर पछि अमेरिकाको साँच्चै जोडा थिएन। फ्रान्स, जर्मनी र जापान ध्वस्त भएका थिए। बेलायत आक्रमणबाट बचेको थियो, तर ठूलो क्षति र जर्मन बमबारीले यसका शहर र औद्योगिक केन्द्रहरू क्षतिग्रस्त थिए। सोभियत संघ स्ट्याचर मा नजिक थियो, तर यो पनि थकित थियोः यसले करिब २७ मिलियन सैन्य र नागरिक मृत्यु भोगेको थियो, अमेरिकाको ५ लाखभन्दा कमको तुलनामा, र यसका धेरै प्रमुख शहरहरू जर्मन अग्रसरताले ध्वस्त भएका थिए। यसको अर्थतन्त्र र सेना अमेरिकाको औद्योगिक शक्ति, ब्लु–वाटर नौसेना र विदेशी आधारहरूको नेटवर्कसँग तुलना गर्न सकिँदैनथ्यो।
तर अमेरिकाले संसारको सबैभन्दा सुरक्षित देशजस्तो व्यवहार गरेन। बरु, वासिङ्टनका नेताहरू युद्धअघिभन्दा बढी चिन्तित भए। जापानले आत्मसमर्पण गरेको लगभग क्षणदेखि अमेरिकी अधिकारीहरू कम्युनिस्ट सरकारहरूबारे चिन्तित हुन थाले। १९५० मा राज्य र रक्षा विभागले एनएससी–६८ तयार पारे, जसले शान्तिकालीन रक्षा खर्चमा ठूलो वृद्धि र हाइड्रोजन बम विकासको आह्वान गर्‍यो। “उनीहरूको शक्तिको वृद्धिमा,” दस्तावेजले घोषणा गर्‍यो, अमेरिका र यसका नागरिकहरू “आफ्नो सबैभन्दा गहिरो खतरा” मा उभिएका छन्।
राष्ट्रपति ह्यारी ट्रुम्यानले छिट्टै यो मेमोलाई अमेरिकी शीतयुद्ध रणनीतिको लोडस्टार बनाए। यसको जारी भएको तीन महिनाभन्दा कममा ट्रुम्यानले उत्तर कोरियाको दक्षिण छिमेकी आक्रमणको जवाफमा कोरियाली प्रायद्वीपमा अमेरिकी सेना पठाए। यो वासिङ्टनका लागि सुरक्षा अनिवार्यता थिएनः यो गृहयुद्ध थियो। तर शंकाका लागि पूर्वतयार अमेरिकी अधिकारीहरूले उत्तरको आक्रमणलाई सोभियत नेता जोसेफ स्टालिनको श्रृंखला प्रतिक्रिया सुरु गर्ने प्रयास ठाने जसले सरकारपछि सरकार कम्युनिस्ट बनाउँछ (वा नीतिनिर्माताहरूले पछि “डोमिनो थ्योरी” भन्ने), अमेरिकामाथि विश्वयुद्धमा समाप्त हुने। “यदि दक्षिण कोरियालाई ढल्न दिइयो,” ट्रुम्यानले सोचे, “कम्युनिस्ट नेताहरू आफ्नै तट नजिकका राष्ट्रहरूलाई ओभरराइड गर्न साहसी हुनेछन् !!! यदि यो चुनौती रोकियो भने तेस्रो विश्वयुद्ध हुनेछ।” धेरै कमजोर बेलायतीहरूले भने कुरा बढी स्पष्ट देखे। वासिङ्टनमा “धेरै प्युरिटन बदला लिने देवदूतहरू” छन् जसले “दोषीलाई सजाय दिन अगाडि बढ्न” चाहन्छन्, १९५० मा अमेरिकाका लागि बेलायती राजदूतले लेखेका थिए। अमेरिकी आक्रमण, अर्को शब्दमा, अमेरिकी आक्रमकता थियो—आत्मरक्षाको होइन। अझ कमजोर क्यानाडालीहरूले वासिङ्टनको प्रतिक्रियालाई प्रश्न गरे। अन्तर्राष्ट्रिय सुरक्षाको सबैभन्दा तत्काल खतरा स्टालिन होइन, बरु कोरियामा अमेरिकी अतिप्रतिक्रिया हो, उनीहरूले मूल्यांकन गरे।

सोभियत संघको पतनले शीतयुद्ध अन्त्य गरेपछि अमेरिकी शक्ति अझ निर्विवाद भयो। यो अब संसारको सबैभन्दा शक्तिशाली देश मात्र थिएन। यो मानव इतिहासको पहिलो निर्विवाद विश्व महाशक्ति थियो। तर यो उच्च स्थिति पनि अमेरिकी डर कम गर्न असफल भयो। “हामीले ठूलो ड्रागन मारेका छौं, तर अब हामी विषालु सर्पहरूले भरिएको जंगलमा बाँचिरहेका छौं। र धेरै तरिकामा ड्रागन ट्र्याक गर्न सजिलो थियो,” जेम्स वुल्सी, छिट्टै सीआईए निर्देशक बन्ने, १९९३ को सिनेट पुष्टि सुनुवाइमा घोषणा गरे। अन्य विदेश नीति अधिकारीहरूले समान मूल्यांकन जारी गरे। र कोरिया (र पछि भियतनाम) जस्तै, उनीहरूले तिनमा कार्य गरे। अमेरिकाको सबै सैन्य हस्तक्षेपको पूर्ण एक चौथाइ शीतयुद्धपछि भएको छ।
उन्नाइसौं शताब्दीमा जस्तै, यी साहसिक कार्यहरू वासिङ्टनको ठूलो क्षमताबाट आंशिक रूपमा प्रेरित थिए। विश्वभर ३० मिनेटमा विशेष अपरेसन फोर्स तैनाथ गर्न सक्ने र दिनमा शासन ढाल्ने पूर्ण–स्केलग्राउन्ड आक्रमण सुरु गर्न सक्ने देश युद्ध सुरु गर्न बढी इच्छुक हुन्छ जुन नसक्ने अवस्था भन्दा बढी । शक्तिशालीहरूले इच्छा अनुसार गर्छन्।
तर यी क्रियाकलापहरू बढ्दो चिन्ताको स्पष्ट उत्पादन पनि हुन्—विशेष गरी निष्क्रियताबाट हुन सक्ने कुराको डर। इराक आक्रमण विचार गर्नुहोस्। नेता सद्दाम हुसेनले अमेरिकालाई खतरा दिएका थिएनन्। वासिङ्टनको खुफिया रिपोर्टले उनीसँगआम विनाशक हतियार नभएको सुझाएको थियो। तर यसले जर्ज डब्ल्यू बुश प्रशासनको चिन्ता कम गरेन। २००२ मा कन्डोलिजा राइस, त्यतिबेला बुशका राष्ट्रिय सुरक्षा सल्लाहकार, ले इराकी न्युक्लियर क्षमता प्रमाण कुर्ने लागत अहिले कार्य गर्ने लागतभन्दा बढी हुने चेतावनी दिइन्। “हामी स्मोकिंग गन मसरुम क्लाउड हुन चाहन्नौं,” उनले व्याख्या गरिन्। अमेरिकी रक्षा मन्त्री डोनाल्ड रम्सफेल्डले यसलाई राम्रो बुँदामा राखेः “कुनै आतंकवादी राज्यले हाम्रा जनताको सुरक्षा र विश्वको स्थिरतामा सद्दाम हुसेनको इराकको शासनभन्दा ठूलो वा बढी तत्काल खतरा दिँदैन।” बुशको सोच अझ कम तर्कसंगत थियो। “म संसारभरि मत लिने धेरै समय खर्च गर्दिनँ कि मलाई सही कार्य के हो भन्न बताउन,” राष्ट्रपतिले आक्रमणअघि भनेका थिए। “मलाई केवल मैले कसरी महसुस गर्छु थाहा हुनुपर्छ।” उनी हुसेनबारे चिन्तित थिए, र त्यो पर्याप्त थियो। नतिजा अनगिन्ती नागरिकको मृत्यु, जनसंख्याको चमपन्थीकरण भविष्यका आतंकवादी उत्पादन र २ ट्रिलियन डलरभन्दा बढीको मूल्य ट्याग थियो।

कमजोरजस्तै सोचौं

अमेरिका मात्र होइन जसको शक्तिले कम सुरक्षित महसुस गराएको छ। मस्कोको पनि शक्ति–प्रेरित डरको लामो इतिहास छ। १९७० को दशकमा सोभियत संघले भियतनाम युद्धपछि डिमोविलाइजिंग अमेरिकासँग न्युकिलियर र कन्भेन्सनल क्षमतामा लाभकारी सिफ्ट पायो। जवाफमा, यसले अफगानिस्तानमा अमेरिकी प्रभावबारे बढी चिन्ता गर्न थाल्यो र देशमा अत्यधिक महँगो आक्रमण सुरु गर्‍यो। आज मस्को महाशक्ति होइन, तर यो अझै बलियो र असुरक्षित छ। वास्तवमा, २०२० को उच्च–रैंकिङ रुसी सम्भ्रान्त र सरकारी अधिकारीहरूको सर्वेक्षण—सशस्त्र बल र सुरक्षा एजेन्सीका व्यक्तिहरू सहित—ले रुसी शक्ति बढ्दै गएको महसुस गर्ने अधिकारीहरू नै युक्रेन, अमेरिका र नाटोलाई खतरा ठान्ने बढी सम्भावित भएको पाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सर्वेक्षणमा थिएनन्, तर उनी समान दृष्टिकोण राख्छन् जस्तो देखिन्छ। उनको युक्रेन आक्रमणको निर्णय आंशिक रूपमा इरेडेन्टिजम् बाट प्रेरित थियो। तर युद्धलाई औचित्यपूर्ण ठहराउने भाषण र सन्धिमा उनले बारम्बार वासिङ्टनले किभ मार्फत रुसी सुरक्षा धम्की दिने डर व्यक्त गरेका छन्।
र त्यसपछि चीन छ। पछिल्ला ५० वर्षमा यसले आर्थिक चमत्कारभन्दा कम केही गरेको छैन। उन्नाइसौं शताब्दीमा पश्चिमी शोषण, बीसौं शताब्दीको सुरुमा जापानी आक्रमण र १९५०–६० को दशकमा माओ जेदोङअन्तर्गत विभिन्न सुधारले देशलाई भौतिक रूपमा कमजोर र धम्की महसुस गर्ने राम्रो कारण छोडेको थियो। अब यो संसारको दोस्रो धनी देश हो र ठूलो तथा बलियो सेना भएको छ। तर पछिल्लो आधा शताब्दीमा महाशक्ति स्थिति उक्लँदा बेइजिङका आधारभूत सुरक्षा चिन्ता समाधान भएको देखिँदैन। देशका नेता सी जिनपिङले पार्टी संयन्त्रबाट उच्च–रैंकिङ अधिकारीहरूलाई उगचनभ गरेका छन्, घरेलु आतंकवादको डरले शिनजियाङ क्षेत्रमा उइगुर मुस्लिमहरूको आम गिरफ्तारी आदेश दिएका छन् र कल्पित अमेरिकी प्रभाव कम गर्न चिनियाँ मिडियामा पश्चिमी संस्कृतिका तत्वहरू पनि प्रतिबन्धित गरेका छन्।

विश्व, त्यसैले, धेरै खतरनाक दिशातर्फ गएजस्तो देखिन्छ। यी विभिन्न बलिया देशका नेताहरूलाई कम डराउने बनाउन गाह्रो हुनेछ। तर उनीहरूले कमजोरजस्तै सोचेर—अर्थात् जानाजानी, इम्प्याथेटिक र यथार्थवादी रूपमा—राम्रा छनोट गर्न सक्छन्। यो बलियो अमेरिकासँग कम्तीमा केही अनुभव छ। सोभियत विस्तारवाद बढ्दै गएको र असंगत, महँगो र बढ्दो सैन्यवादी अमेरिकी विदेश नीतिलाई देखेर राष्ट्रपति ड्वाइट आइजनहावरले १९५३ मा ग्रान्ड स्ट्राटेजी डिजाइन को टप सेक्रेट रिभ्यु सुरु गरेका थिए। यो अभ्यासमा उच्च–रैंकिङ अधिकारीहरूको टिमले आक्रामकताको स्तरमा फरक तीन विदेश नीति रणनीति अध्ययन गरे। उनीहरूको विश्लेषण हेरेपछि आइजनहावरले माइल्ड एप्रोचले राम्रो काम गर्छ भन्ने निर्णय गरे र मस्कोको प्रभाव सक्रिय र आक्रामक रूपमा रोलव्याक गर्ने महँगोभन्दा सस्तो कन्टेनमेन्ट रणनीति छाने।
आइजनहावरको अभ्यासले नोकरशाही र संस्थाहरूको महँगो पुनर्संरचना आवश्यक पारेन। यसले केवल सावधान, विचारपूर्ण सोच मात्र मागेको थियो। खतरनाक इनट्यांग्लमेन्ट बाट बच्न बलिया राज्यहरूले यसको बढी गर्नुपर्छ। यस्तो अभ्यासले, उदाहरणका लागि, वासिङ्टनलाई भेनेजुएला वरपरको पानीमा हालको सैन्य तैनाथी बाट टाढा राख्न सक्छ। ट्रम्पका अनुसार डुङ्गा आक्रमण, तेल ट्याङ्कर कब्जा र काराकास आक्रमण धम्की अमेरिकामा अवैध फेन्टानील प्रवाह रोक्न आवश्यक छ। तर यो त्रुटिपूर्ण तर्कमा आधारित छ। फेन्टानील ओभरडोज अमेरिकी मृत्युको मुख्य कारण हो, तर भेनेजुएलाले फेन्टानील ठूलो स्तरमा उत्पादन गर्छ भन्ने कुनै प्रमाण छैन। यी अपरेसनहरूले अमेरिकी सुरक्षा बढाउँदैनन्। बरु, ठूलो नयाँ द्वन्द्व सुरु गर्ने जोखिम गर्छन् जसले अमेरिकी स्रोतको ठूलो मात्रा खपत गर्छ, हालै पास भएको करिब १ ट्रिलियन डलर रक्षा बजेटभन्दा बढी खर्च निम्त्याउँदै। र त्यो ठूलो बजेटले पनि वासिङ्टनलाई शान्तिको भावना ल्याउने सम्भावना छैन। पार्टी लाइनभरिका मानिसहरूलाई पेन्टागनमा खर्च गरिएका डलरहरू अमेरिकी सुरक्षा मजबुत गर्नका लागि हुन्। तर मनोवैज्ञानिक गणित विपरीत छ।
यसको अर्थ सरकारहरूले आफ्ना सशस्त्र बलमा लगानी गर्नुहुँदैन भन्ने होइन। यसले अर्थतन्त्र विस्तारको प्रयास त्याग्नुपर्छ भन्ने पक्कै होइन। तर यसले विदेश मामिलामा शक्तिले असुरक्षा कम गर्छ भन्ने विचार त्याग्नुपर्छ भन्ने हो।

फरेन अफयेर्सबाट, डिसेम्बर २४, २०२५ (क्यालेब पोमेरोय टोरन्टो विश्वविद्यालयको राजनीतिशास्त्र विभाग र मन्क स्कूल अफ ग्लोबल अफेयर्स एण्ड पब्लिक पोलिसीका सहायक प्राध्यापक हुन्।)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति