राष्ट्रिय सभा अधिवेशन अविलम्ब बोलाउन कांग्रेसको माग

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ ।नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरी यस्तो माग गरेको हो ।

रोकायका अनुसार १० पुसमा बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन भएको अवस्थामा जनताका आवाजहरू उठाउने सार्वभौम संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न अध्यक्षसँग माग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार राष्ट्रिय सभा अध्यक्ष दाहाललाई भेटेर अधिवेशन अविलम्ब बोलाउन ध्यानाकर्षण गराइएको उनले बताए ।भेटमा राष्ट्रिय सभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, बिष्णु सापकोटा र पदम परियार लगायत सहभागी थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति