एक तोला सु्नको मूल्य २ लाख ७० हजार नाघ्यो

काठमाडौं, १३ पुस । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको छ। महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो। यस्तै चाँदीको भाउ पनि आकासिएको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार ३०० र चाँदी ४ हजार ४०० रुपैयाँ पुगेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति