एमाले सचिवालय बैठक सर्‍यो

काठमाडौं, १३ पुस । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक सरेको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो २ बजेको लागि सरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ । बैठकमा नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुने भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति