‘रास्वपा–बालेन’ सहमतिपछि रवि र बालेनले पहिलो कुरा के भने ?

काठमाडौं १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच आइतबार बिहान ‘बृहत् एकता’ सम्बन्धी सातबुँदे सहमति भएसँगै दुवै नेताले सामाजिक सञ्जालमार्फत छोटो तर अर्थपूर्ण प्रतिक्रिया दिएका छन्।
रवि लामिछानेले सहमतिपत्रमा हस्ताक्षरपछि फेसबुकमा लेखेका छन्ः

“सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।”
यो भनाईले लामो अवरोधपछि जुटेको समझदारीमा व्यक्तिगत महत्वाकांक्षाभन्दा राष्ट्रिय आवश्यकतालाई प्राथमिकता दिइएको सन्देश दिन खोजिएको देखिन्छ।
बालेन शाहले भने रविसँगको हस्ताक्षर गरेको फोटो सेयर गर्दै छोटकरीमा लेखेका छन् :
“शुभप्रभात”
बालेनको यो सादा सन्देशले सहमतिलाई नयाँ दिनको सुरुवातका रूपमा चित्रण गरेको छ। उनको यो शैली (कम बोल्ने, बढी काम गर्ने) भनिएको यथावत देखिएको छ।
यो सहमतिले आगामी फागुन २१ को निर्वाचनमा रास्वपा–बालेन गठजोडलाई बलियो बनाउने अपेक्षा गरिएको छ। दुवै नेताको प्रतिक्रियाले व्यक्तिगत उत्साहभन्दा साझा लक्ष्यमा जोड दिएको देखिन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति