आठौँ बागलुङ महोत्सव शुक्रबारदेखि, तयारी तयारी पुरा

बागलुङ, १२ पुस । बागलुङ उद्योग वाणिज्य संघले शुक्रबारदेखि आयोजना गर्न थालेको ८ औँ बागलुङ महोत्सव तयारी पुरा भएको जनाएको छ । जिल्लाकै ठूलो मेलाका रुपमा रहेको महोत्सवलाई भव्य बनाउन आयोजकले तिब्र ढंगले अगाडि बढेको बताएको छ ।

महोत्सवको पूर्वसन्ध्यामा बागलुङ बजारमा ध्वजा-पतका र महोत्सव को व्यानरले सिघाँरिएको छ । बागलुङ नगरपालिका-१ रामरेखा स्थित बाङ्गेचौर खेल मैदानमा हुने यस महोत्सवलाई आकर्षक बनाउनका लागि कलात्मक र रचनात्मक ढंगले काम भईरहेको छ । महोत्सवको तयारी पुरा भएसंगै महोत्सवमा रहेका २०० भन्दा बढी स्टलहरु बुकिङ भइसकेका छन् ।

महोत्सवमा सुन्तलाको विषेश प्रदर्शनी र बागलुङमा उत्पादन भएका स्थानीय सामग्रीको विशेष स्टलहरु राखिने छ। कृषि, घरेलु तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकताका दिँदै कृषिको हकमा निःशुल्क स्टल दिइने संघका अध्यक्ष राजकुमार शाक्यले बताए। उनले महोत्सव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्ने पनी जानकारी दिए।

महोत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । पुरुषतर्फ गण्डकी प्रदेशका पालिकास्तरीय खेल हुनेछन् । अहिलेसम्म १० टिमले दर्ता गरेर खेलका लागि तयारी गरेको खेल संयोजक प्रकाश थापाले जानकारी दिए । महिला भलिबलतर्फ हुने गण्डकी प्रदेशस्तरीय खेलमा अहिलेसम्म ७ टिम सहभागी बन्ने जनाइएको छ ।

पुस १६ गते गन्डकी प्रदेशका पर्यटनमन्त्रीको उपस्थितिमा बागलुङ पर्यटनसम्बन्धी चर्चा हुने र फोटो प्रदर्शन पनि हुने संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए। यस्तै, महोत्सवमा विभिन्न विधामा ख्याती प्राप्त कलाकारहरुको विशेष प्रस्तुती रहनुका अतिरिक्त टिकटक च्यालेन्ज, हेलिकप्टरबाट दृश्यालोकन नृत्य तथा कथा वाचन प्रतियोगिताजस्ता नव-प्रवर्दनात्मक कार्यक्रम पनि समावेश गरिएको संघका पूर्वअध्यक्ष तथा महोत्सवका प्रेस संयोजक नरेश कँडेलले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति