अर्घाखाँचीमा विद्यार्थी बोकेको जीप दुर्घटना, एकजनाको मृत्यु, १६ घाइते

काठमाडौं, ११ पुस । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्। भूमिकास्थान नगरपालिका वडा नम्बर– १० धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जीप शुक्रबार भूमिकास्थान नगरपालिका- ७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा चालक भूमिकास्थान १० धनचौरका ४५ वर्षयीय रुद्रबहादुर बुढा मगरको मृत्यु भएको अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएका १६ जनाको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।
भूमिकास्थान नगरपालिकाले आजदेखि सुरु गर्न लागेको पालिकास्तरीय राष्ट्रपति रनिंग शील्ड प्रतियोगीतामा भाग लिन जाँदै गरेको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भएपछि राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीताका सम्पूर्ण खेलहरू स्थगित गरिएको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति