दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

काठमाडौं, १० पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि बाटो लागेका छन् । उनी आफ्ना सहयोगी कुमार बनेको ज्वागलस्थित घरमा १० घण्टासम्म बसेर केही बेरअघि बाहिरिएका हुन् । ज्वागलमा बस्ने क्रममा नयाँ वैकल्पिक शक्ति निर्माणका लागि दर्जन भन्दा बढी व्यक्तिलाई भेटे ।

कुलमान घिसिङ, रवि लामिछाने, अमरेश सिंह, बाबुराम भट्टराईसहित दर्जनौँ व्यक्तिसँग उनले एकै स्थानमा बसेर भलाकुसारी गरे। तर कसैसँग ठोस सहमति हुन सकेन । खासगरी कुलमान, रवि र बालेन तीनै भावी प्रधानमन्त्रीका रुपमा देखिएका छन् । यी तीनको स्वार्थ नमिल्दा नयाँ शक्तिहरू मिल्ने सम्भावना पनि कम छ । दिनभरीको राजनितिक भेटघाट सकेपछि बालेन बाहिरिएका हुन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति