जेनजी घटनाबारे मानव अधिकार आयोगको बालेनसँग बयान लियो

काठमाडौं ७ पुस । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटना बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोधपुछ गरेको छ ।

आयोगले तोकेको अनुसन्धान अधिकृतको टोलीले जेनजी आन्दोलनका बेला मेयर शाहले सामाजिक सञ्जालमा दिएको लेखेको अभिव्यक्ति र अरु घटनाक्रमबारे सोधेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले आयोगले भदौ २३ र २४ गतेको घटनावारे अनुसन्धान गरिरहेको र त्यसक्रममा कतिपय व्यक्तिहरुलाई बोलाएर सोधपुछ गरिएको बताए ।

उनले सोमबारकै बयान र व्यक्तिको बारेमा भने आफूलाई यकिन नभएको प्रतिक्रिया दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति