नियतवश अवरुद्ध गरे विशेष महाधिवेशन– गगन थापा

काठमाडौँ, ७ पुस ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनलाई नियतवश अवरुद्ध गर्न खोजिए विशेष महाधिवेशन नरोकिने बताएका छन् ।“हिजो ४५ दिन कांग्रेसको बैठक रोक्नेले नै अहिले सकिँदैन कि अब समय छैन भनेका छन्,” थापाले भने, “अब सकिँदैन भन्नु भनेको धुलोमा पहिला बाल्टीबाट पानी खन्याएर अब हिँड्न सकिँदैन भनेजस्तै हो ।”उनले महाधिवेशन अवरुद्ध बनाउने प्रयास गरिए देशभरका कार्यकर्ता आएर विशेष महाधिवेशन गर्ने बताए ।

“नियतवश अवरुद्ध गरे देशभरका कार्यकर्ता आएर विशेष महाधिवेशन हुन्छ । त्यसले एउटा परिणाम निकाल्छ,” थापाले भने, “कि नियमित महाधिवेशन सरासर अघि बढ्छ । कि विशेष महाधिवेशन हुन्छ । महाधिवेशन नगरी चुनावमा जाने अवस्था बन्दैन ।”उनले आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी भएको उल्लेख गर्दै भने, “ मेरो सबैभन्दा ठूलो तागत तपाईंहरु नै हो अब पनि बन्नुपर्छ । ”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति