नेपाललाई सक्दो सहयोग गर्छु–चिनियाँ राजदूत

काठमाडौं, ६ पुस। नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले यहाँस्थित चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा आफू जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाललाई सक्दो सहयोग गरिरहने बताए ।

नेपाल र नेपाली आफ्नो मनमष्तिष्कमा सधैँ रहने उल्लेख गर्दै उनले नेपाल सरकार, कर्मचारी वर्ग, कूटनीतिथक वृत्तका सहकर्मी, सञ्चारकर्मीका साथै नेपाली समाजका हरेक क्षेत्रबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरे ।समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, उद्योगपति, वरिष्ठ सञ्चारकर्मी, कलाकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति