काठमाडौं ६ पुस । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.बाबुराम भट्टराईले जेनजी पुस्ताका युवाहरुलाई भाईबहिनी भनेर उनीहरुले केही जान्दैनन् भन्न नहुने व्याख्या गरेका छन् । जेनजी नवयुवापुस्ताका युवायुवतीहरुले नेपाली राजनीति र समाजलाई राम्ररी बुझेको डा. भट्टराईको विश्लेषण छ ।
एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग विस्तृत कुरा गर्दै डा. भट्टराईले नयाँ संविधान बनेपछि आफूले लगाता पार्टी निर्माण प्रक्रियाको प्रगोग गरिरहेको बताए ।
नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीलाई उनले मध्य वामपन्थी पार्टी भन्न रुचाउँछन्, तर शिक्षा स्वास्थ्य सम्पूर्ण रुपले राज्यले जिम्माले लिएर ती क्षेत्रबाट निजी लगानीलाई निरुत्साहित गर्नुपर्ने उनको धारणा छ ।
नेपालका राजनीतिक पार्टी, नेकपा, एमालेको महाधिवेशन, आगामी चुनाव र नयाँ दलहरु बारे डा. बाबुराम भट्टराईसँग गरिएको विस्तृत अन्तर्वार्ता शनिबार एबीसी टेलिभिजनमा प्रसारण भएको थियो ।
#babruam bahattarai
#nepal #Genzprotest #Genzmovement #Prachanda #KPolil
प्रतिक्रिया