एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड

काठमाडौं, ५ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)ले निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले बाहिर जे बोलेपनि एमालेले भित्री रुपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गरेका हुन ।

अध्यक्ष प्रचण्डले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहजविकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको प्रक्रियालाई अघि बढाउने काममा एकतावद्ध भएर अघि बढ्न पनि एमालेलाई आग्रह गरे । उनले नेपाली जनता निर्वाचनको तयारी अवस्थामा अघि बढी रहेको र काँग्रेसले पनि निर्वाचनमा जाने संस्थागत निर्णय गरेकाले अव निर्वाचनलाई सम्पन्न गर्ने काम नै राष्ट्रको मुख्य काम भएको बताए ।
अध्यक्ष भने,‘अहिले घोषणा भईसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो । जनता विस्तारै निर्वाचनको लागि तयार भईराखेको छ । राजनीतिक दलहरु कोही कोर्टमा गएपनि मैले बुझेसम्म नेपाली काँग्रेसले संस्थागत निर्णय निर्वाचनमा जाने गरिसकेको छ । एमाले पार्टी बाहिर जेसुकै कुरा बोलेपनि उनको भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकिएको छ । त्यसकारण डवल स्टयान्डरको कुरा नगरौ, सिंगै राष्ट्रलाई निर्वाचन प्रक्रियातिर अगाडि बढाउन सबै एकजुट होऔ । यही नै नेपालको अहिले राष्ट्रिय आवश्यक्ता बन्न गएको छ ।’ अध्यक्ष दाहालले निर्वाचन मुलुकको राष्ट्रिय आवश्यक्ता भएकाले त्यसबाट पछि हटन नमिल्ने पनि बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति