काठमाडौं ४ पुस । रास्वपाले प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिक तर्फको प्रारम्भिक (सर्टलिस्ट–आकांक्षी) उम्मेदवारहरूको सूची प्रदेशगत रूपमा सार्वजनिक गर्दै आएको छ। कुल आवेदन ३२५ पुगेको बताइएकोमा पार्टीले क्लस्टरअनुसार समावेशी आधार तय गरेको छ (खस आर्य ३४, आदिवासी जनजाति ३२, मधेशी १७, दलित १५, थारु ७, मुस्लिम ५ आदि)।
सात वटै प्रदेशबाट ३५२ जनाले उम्मेदवार बन्न आवेदन हालेका थिए । पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यास भन्दै आवेदन मागेको थियो ।
समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका ३५२ जनाको नाम पुस ३ गते सार्वजनिक भएको हो । जसमा सबैभन्दा धेरै बागमती प्रदेशबाट ९४ जना छन् भने कर्णालीबाट २० जना मात्र छन् ।
यस्तै कोशी प्रदेशबाट ६० जना, मधेशबाट ६१जना, गण्डकीबाट ४३ जना, लुम्बिनीबाट ४४ जना र सुदूरपश्चिमबाट ३० जनाले आवेदन दिएका छन् ।
सार्वजनिक गरिएको तालिका अनुसार पुस ४ गतेसम्म उम्मेदवार उपर दाबी विरोध गर्ने समय तोकिएको र प्राप्त दाबी विरोध उपर छानबिन गरी पुस ५ गते उम्मेदवारहरूसँग सातै प्रदेशमा छलफल तथा पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन र प्रारम्भिक चुनाव गरी पुस १४ गतेसम्म अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेपार्टीका उम्मेदवार छनोट समिति संयोजक एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले जानकारी दिए ।
‘रास्वपाले उम्मेदवार छनोटमा वैज्ञानिक विधि अपनाउन पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन गर्ने छ,यस अवधिमा मतदाताको घरदैलोमा पठाएर उम्मेदवारहरूको नेतृत्व क्षमता र राजनीतिक ज्ञानको परीक्षण गरिने छ’ आचार्यले भने, ‘उम्मेदवारहरुको क्षमता परीक्षण पश्चात पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन पनि हुनेछ यी सबै प्रकृयापछि पुस १४ गते ११० जनाको अन्तिम नामावली प्रकाशन गर्ने टाइमलाइन छ ।’
पार्टी सदस्यहरुबाट गरिने प्रारम्भिक मतदान कार्यक्रम पुस १२ र १३ गते दुवै दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने आचार्यले जानकारी दिए ।
उम्मेदवार छनोटलाई पारदर्शी बनाउन टाइमलाइन र विभिन्न विधि बनाइएको आचार्यको दावी छ । रास्वपाले पहिलोपटक रुपन्देही ३ को उपचुनावमा यो विधि अपनाएको थियो । यद्यपि उक्त विधिमा कतिपय उम्मेदवारले पारदर्शितामाथि प्रश्न उठाउँदै असन्तुष्टि जनाएका थिए ।
पार्टीले पुस ५ गते उम्मेदवारहरूसँग छलफल र पुस ६–७ गते घरदैलो कार्यक्रमपछि अन्तिम छनोट गर्ने योजना छ। बन्दसूची पुस १४ गते निर्वाचन आयोगमा बुझाउने तालिका छ।
केही चर्चित नामहरु यस्ता छन्ः
पूर्व राजदूत भीम उदासकी छोरी सुम्निामा उदास (आदिवासी जनजाती ललितपुर) कलाकार दिपराजगिरि(खस–आर्य,सिन्धुपाल्चोक) पत्रकार प्रमोद न्यौपाने भक्तपुर, भुवन केसी (खस–आर्य काठमाडौं) पूर्व कांग्रेस नेता जगन्नाथ पौडेल(चितवन) अरनिको पाँडे(खस आर्य, लपु) विवेकशील साझाका पूर्व अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रन्जु दर्शना(बागमती) टिभी टुडेका अध्यक्ष जनकराज पन्त(सूप) ज्वाला संग्रौला(सूप) जेनजी अगुवा पुरुषोत्तम यादव(सिराहा) लगायत रहेका छन् ।
हेर्नुहोस् नामावली–

























प्रतिक्रिया