ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ’

काठमाडौं ३ पुस । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले शपथग्रहण तथा समापन कार्यक्रममा दिएका अभिव्यक्तिहरूले एमाले नेतृत्वमाथि सम्भावित हमला, राज्य संयन्त्रप्रतिको अविश्वासलाई सतहमा ल्याएको छ ।
एमाले नेतृत्वमाथि हमलाको चेतावनी र देश ठप्प पार्ने निर्देशन

ओलीले एमालेका कार्यकर्ताहरूलाई निर्देशन दिँदै भनेका छन् :यदि पार्टी नेतृत्वमाथि कुनै प्रकारको हमला भयो वा छोइयो भने देशभरि ठप्प पार्नुपर्ने र वर्तमान सरकार ढाल्नुपर्ने आवश्यकता पर्नेछ। ओलीले आफ्नो शपथग्रहण लगत्तै कार्यकर्तालाई निर्देशनका रुपमा दिएका हुने । उनले पञ्चायतकालीन शैलीका जाली मुद्दा र भौतिक आक्रमणको खतरा रहेको भन्दै कार्यकर्तालाई सचेत रहन अपिल गरेका छन् ।

‘एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ। यो सरकार ढल्नुपर्छ,’ ओलीले भने। उनले थपे, ‘एमालेलाई छुनु संसारकै महँगो कुरा हुने छ!! यो सरकारढालिने छ । त्यसका निम्ति नेकपा एमाले देशभरीबाट तयारी हालतमा बस्नुपर्छ।’
जेन–जी आन्दोलनमा भएको दमन र क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आगामी हप्ता ओलीलाई बयानका लागि बोलाउने कुरा सार्वजनिक भएपछि अ‍ेलीले त्यसको प्रतिकार गरेका छन् । आयोगले ओलीलाई बयान लिने तयारी गरेपछि उनले आफूविरुद्ध ‘गलत हल्ला’ चलाएर नभएपछि ‘भौतिक आक्रमण र जाली मुद्दा’ लगाउने ‘पञ्चायतकालीन कुकर्म’ सुरु भएको दाबी गरे।

ओलीका अनुसार, हाल एमाले नेतृत्वमाथि ‘मिडिया ट्रायल’ भइरहेको छ। ‘अहिलेसम्म मिडिया प्रचार भयो, अब भौतिक हमला हुनसक्छ। पञ्चायतकालमा जस्तै जालसाजीका मुद्दामामिला चलाइन सक्छ,’ उनले भने। यस त्रासपूर्ण स्थितिमा उनले कार्यकर्ताहरूलाई भने ‘तयारी हालतमा बस्नु निर्देशन दिएका छन्। यदि भौतिक हमला भयो भने ‘यो देश ठप्प हुनुपर्छ’र ‘यो सरकार पनि ढल्नुपर्छ’ भन्दै उनले पार्टीको राष्ट्रव्यापी तयारीलाई जोड दिए।

‘सके चुनावको तयारी गर, नसके बाटो लाग’
महाधिवेशनको समापन मन्तव्यमा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार लाई पहिलो पटक चुनावी तयारी गर्न आह्वान गरेका छन्। उनले सरकारको अक्षमताप्रति कडा टिप्पणी गर्दै चुनावी वातावरण नबनाएको आरोप पनि लगाए।

‘सके चुनावको तयारी गर, नसके बाटो लाग,’ ओलीले भने। यो आह्वान एमाले नेतृत्वमाथि बढ्दो खतरा र सरकारको चुनावी तयारीको अभावलाई जोडेर आएको छ। सरकारले चुनावी वातावरण बनाउने काम नगरेको भन्दै ओलीले अक्रोशित सुनिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति