एमाले महाधिवेशनमा ३६ अनुपस्थित: निद्रा, विद्रोह र ‘नो भोट’को मिश्रित कथा

काठमाडौँ ३, पुस : नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको मतदान लामो र झन्झटिलो बन्यो। विद्युतीय मेसिनबाट भएको मतदान करिब २२ घण्टा चलेपछि कुल २,२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित रहे। यो १.५९% अनुपस्थिति हो – स्वास्थ्यदेखि राजनीतिक असन्तुष्टिसम्मका कारणलाई उनीहरुले मतदान अनुपस्थितिको स्पष्टीकरण दिएका छन् ।

मतदानमा ९८.४१% सहभागिता भए पनि अनुपस्थितहरूको कारणले पार्टीभित्र नयाँ चर्चा सुरु भएको छ। कोही निदाएर छुटे, कोही ओली नेतृत्वप्रति विद्रोह गर्दै बहिष्कार गरे, कोही ‘नो भोट’को सन्देश दिन घर फर्किए।

अनुपस्थितहरूको सूची (केन्द्रीय निर्वाचन आयोगका अनुसार)

केन्द्रीय कमिटी:

  1. मुकुन्द न्यौपाने
  2. बसन्त नेम्वाङ (स्वास्थ्य कारण)
  3. बालकृष्ण काउछा मगर
  4. ब्रिजेश गुप्ता
  5. राजकुमार गुप्ता
  6. हरि बहादुर राजवंशी

अनुशासन आयोग:

  1. पोष्ट कुमार नेपाल
  2. सरस्वती गौतम
  3. सतिलाल राजवंशी
  4. प्रदीप प्याकुरेल (सुशील) – (उपस्थित तर कार्ड नभएको)

निर्वाचन आयोग:

  1. समिर नेपाल
  2. रचना राजोपाध्याय

लेखा आयोग:

  1. अशोक केसी

विभाग:

  1. घनश्याम कोइराला
  2. संजीव रोकाहा

महाधिवेशन प्रतिनिधि:

  1. कृष्णमाया भुजेल (झापा)
  2. लक्ष्मी यादव (बारा)
  3. शत्रुधन प्रसाद सिंह (सिरहा)
  4. राजेन्द्र प्रसाद यादव (पर्सा)
  5. अशु आनन्द (पर्सा)
  6. मनोजकुमार गुप्ता (पर्सा)
  7. विजय कापर (सप्तरी)
  8. जितेन्द्र चौधरी (महोत्तरी)
  9. दानबहादुर बिक
  10. बब्लु शिवाकोटी
  11. सिर्जना नेपाली (प्रवास)
  12. अशिम कोइराला
  13. दिनेश बास्तोला
  14. गिरिराज बेलबासे
  15. राजेन्द्र अर्याल
  16. मिना पोख्रेल
  17. तेजकुमार विक
  18. पल्लवराज भट्ट
  19. तिलक रिजाल
  20. गोमा नेपाली

तीन रोचक कथा

  1. निद्रा कारण अनुपस्थित: विभागीय प्रतिनिधि घनश्याम कोइरालाले सामाजिक सञ्जालमा आत्मालोचनासहित प्रष्टिकरण दिए – “साथीलाई समय सङ्केत गर्न अनुरोध गरेर राति घर गएँ। बिहान ढिलो भयो, मतदान सकियो भनेर बाटोबाटै फर्किएँ। गल्ती भएकै हो।”
  2. विद्रोहको बहिष्कार: स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले ओली नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गर्दै मतदान बहिष्कार गरे। “केपी ओली बसेको पार्टीमा बस्न मन लागेन। विधान उल्ट्याए, बोलीको ठेगान छैन। नैतिकता पहिलो हो।”
  3. ‘नो भोट’को सन्देश: केन्द्रीय सदस्य उम्मेदवार राजेन्द्र अर्याल (गुल्मी) ले “नो भोटको सदुपयोग गरेँ” भने। ओली प्यानलमा नपरेपछि घर फर्किएर सुतेँ भन्ने उनको प्रतिक्रिया।
  4. राजकुमार गुप्ताले आफूले एमाले महाधिवेशनमा आफूले मतदान गरेको दाबी गरेका छन् । “मैले राति साढे १ बजे मत खसालेर आएको हुँ । तर अहिले अनुपस्थितको लिस्टमा मिडियामा आफ्नो नाम देखेँ,” उनले भने, “के भएको रहेछ बुझ्न जाँदै छु ।” 

यी अनुपस्थितिले महाधिवेशनको रौनकमा नयाँ रंग थपेको छ – स्वास्थ्य, थकानदेखि गहिरो राजनीतिक असन्तुष्टिसम्म।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति