विद्युतीय भोटिङ मेसिनका ‘चिप्स’ निकालिँदै

काठमाडौं, ३ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतको परिणाम आजै सार्वजनिक हुने भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन समिति र सर्वपक्षीय बैठकपश्चात मतगणना र सार्वजनिक गरिनेछ।बुधबार बिहानबाट भएको मतदानमा २२६३ मध्ये २२२७ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेका थिए। मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भए। आयोगका अनुसार अहिले निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट ‘चिप्स’ निकाल्ने काम भइरहेको छ। प्रत्येक मेसिनको फरक(फरक मुचुल्का बनाएर एकीकृत गरिनेछ।महाधिवेशनमा एमालेमा केपीशर्मा ओली र ईश्वर पोखरेल प्यानलबीच प्रतिस्पर्धा भएको थियो। महासचिवमा ओली प्यानलबाट शंकर पोखरेल र ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डेको उम्मेदवार छन्। नवौं र दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति