एमाले अपडेटः विहीबार विहान ५ बजेसम्ममा २०९१ मत खस्यो, अब १ सय ७२ मत बाँकी

काठमाडौँ३ पुस । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी निर्वाचन अन्तिम चरणमा पुगेको छ । बुधबार बिहानदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान सम्पन्न हुने चरणमा प्रवेश गरेको छ ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोख्रेलका अनुसार बिहीबार बिहान पाँच बजेसम्म २ हजार ९१ मत खसिसकेको छ । जम्मा २ हजार २ सय ६३ मतदाता रहेकोमा अब १ सय ७२ मत खस्न बाँकी छ ।

उपाध्यक्ष पोख्रेलले मतदान अन्तिम चरणमा पुगेको र बाँकी मतदाताहरू लाइनमा रहेको जानकारी दिए । आयोगले यसअघि बिहान पाँच बजेसम्म मतदानस्थल प्रवेश गरिसक्नुपर्ने सूचना जारी गरेको थियो ।

मतदान प्रक्रिया सम्पन्न भएपछि तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने उपाध्यक्ष पोख्रेलले जानकारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति