काठमाडौं १ पुस । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलबाट पदाधिकारीहरूको उम्मेदवारी अन्तिम रूपमा टुंगो लागेको छ। यस प्यानलमा केपी शर्मा ओली समूहबाट अलग भएका आनन्द पोखरेललाई उपमहासचिवमा समेटिएको छ भने अग्निप्रसाद खरेललाई सचिव पदमा राखिएको छ।
यो प्यानलमा अध्यक्ष पदमा ईश्वर पोखरेल स्वयं उम्मेदवार छन्।
उपाध्यक्षहरूः
अरुण नेपाल
गोकर्ण विष्ट
टंकप्रसाद कार्की
डा. विन्दा पाण्डे
परशुमेघी गुरुङ
महासचिवः सुरेन्द्र पाण्डे
उपमहासचिवहरूः
योगेश भट्टराई
आनन्द पोखरेल
वैजनाथ चौधरी
सचिवहरूः
अग्निप्रसाद खरेल
इन्द्रलाल सापकोटा
कर्णबहादुर थापा
कृष्णगोपाल श्रेष्ठ
गोकुलप्रसाद बाँस्कोटा
ठाकुरप्रसाद गैरे
पुरुषोत्तम पौडेल
रचना खड्का
विनोद ढकाल
यो सूची महाधिवेशनको उम्मेदवारी दर्ता र प्यानल समायोजनपछि अन्तिम बनेको हो। महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्यानलगत प्रतिस्पर्धा भइरहेको छ।
११ जना सर्वसम्मत, १५ को उम्मेदवारी फिर्ता र दुईको खारेज
उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्।
पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लीलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन्। यस्तै केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) बाटै नरेश रोकाया र सुशीलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्षमुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (बोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्।
यस्तै दुईजनाको उम्मेदवारी खारेज गरिएको छ। केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए।
यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले फिर्ता लिएका छन्। उपमहासचिव पदमा उम्मेदवार दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिँदै छन्।
प्रतिक्रिया