मकवानपुरको अधेरी भन्ने ठाउँमाट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौं १ पुस,। मकवानपुरको अधेरीमा ट्याक्टर दुरघटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् ।

बकैया गाउँपालिका-७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । घाइते मध्ये बकैया गाउँपालिका-७ अधेरीका करिब ५०र५५ वर्षीय केशव माझी, सोही ठाउँ बस्ने करिब ५०-५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको हो ।

उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुघर्टनमा परेका व्यक्तिहरू काठमाडौं–तराई–मधेश द्रुतमार्ग ९फास्ट ट्र्याक० मा काम गर्ने कामदारहरू हुन् । उनीहरू काम गरेर खाना खाना ट्याक्टर चढेर आउने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति