मतदानअघि विष्णु पौडेलको अपिलको सन्देश के हो ?

काठमाडौं १ पुस । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा फेरि उपाध्यक्ष पदमै उम्मेदवारी दिएका विष्णुप्रसाद पौडेलले मतदान हुनुअघि विशेष अपिल गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको टिमबाट उपाध्यक्षमा उठेका उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नेतृत्वलाई प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

‘हामी यतिबेला हाम्रो पार्टी नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनोटको महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ’, पौडेलले लेखेका छन्, ‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा निति र कार्यक्रमहरूलाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठनमार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नुपर्दछ।’

उम्मेदवार चयनका बेला ओली टिमभित्र असन्तुष्टि बढिरहेका बेला पौडेलको अभिव्यक्ति अर्थपूर्ण देखिन्छ।

सोमबार उम्मेदवारी दर्ताका क्रममा ओलीले महासचिवमा नपारेपछि प्रदीप ज्ञवाली निकै दुःखी भएका थिए भने राजेन्द्र गौतमले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराए पनि फिर्ता गरिसेका छन् ।

यद्यपि ज्ञवालीले आफू ओलीको साथमै रहने सार्वजनिक अभिव्यक्ति दिए पनि उनले चित्त दुखाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति