११औँ महाधिवेशनमा ओलीको साथ छाडेका तीन ‘प्रखर नेता’ ईश्वर पोखरेल क्याम्पमा

काठमाडौं, २९, मंसिर : नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको निरन्तरताको पक्षमा देखिएका तीन ‘प्रखर’ नेता अन्तिम घडीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको क्याम्पमा प्रवेश गरेका छन्। सोमबार उम्मेदवारी दर्ता सकिएसँगै यो समीकरण स्पष्ट भएको हो। यी तीन नेता ओलीका कट्टर समर्थकका रूपमा चिनिन्थे र सकसपूर्ण अवस्थामा उनको बचाउमा खरो उत्रिने गर्थे।

KP Sharma Oli's Call to Acknowledge UML Presence at Mahadhiveshan ...

Interview | “After the General Convention, UML will emerge ...

गोकुल बाँस्कोटा : ओलीको प्रखर बचाउकर्ताबाट पोखरेल क्याम्पमा

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा ओलीका निकटतम र स्पष्ट वक्ताका रूपमा परिचित थिए। २०७८ मा ओली प्रधानमन्त्री हुँदा बालकोटमा बास पाएका उनी ओलीको बचाउमा सधैं अग्रपंक्तिमा उभिन्थे। तर यो महाधिवेशनमा उनी पोखरेल पक्षबाट सचिव पदमा उम्मेदवार बनेका छन्।

Minister Baskota allegedly caught on tape negotiating Rs700 ...

रघुजी पन्त : उपाध्यक्षको आकांक्षी, ओली प्यानलबाट नाम नपर्दा पोखरेलतिर

रघुजी पन्त पनि ओली समूहका प्रभावशाली नेता थिए। ओली प्यानलमा उपाध्यक्षको लिस्टमा नाम नपरेपछि उनी पोखरेल क्याम्पमा सरेका छन्। पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

File:Raghuji Pant Nepalese Politician Nepali रघुजी पन्त ...

कृष्णगोपाल श्रेष्ठ : ‘केपी ओली इज केपी ओली’ भन्नेदेखि पोखरेल समूहमा

कृष्णगोपाल श्रेष्ठ ओलीका कट्टर बचाउकर्ता थिए। २०७८ मा शिक्षा मन्त्री हुँदा त्रिभुवन विश्वविद्यालय दीक्षान्तमा भनेका थिए, “केपी ओलीलाई हटाउने कोही माइकालाल छ ? केपी ओली इज केपी ओली, केपी ओली फुटबलको पेले हो।” यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो। तर यो महाधिवेशनमा उनी पोखरेल पक्षबाट सचिव पदमा उम्मेदवार बनेका छन्।

UML's Krishna Gopal Shrestha re-elected from Kathmandu-9

यी तीन नेताको पोखरेल क्याम्प प्रवेशले ओली पक्षलाई ठूलो धक्का लागेको विश्लेषण गरिएको छ। ओलीले तेस्रो कार्यकालका लागि सर्वसम्मत वा प्रतिस्पर्धाबाट नेतृत्व लिने दाउमा छन्, तर यस्ता प्रखर समर्थकहरूको बहिर्गमनले आन्तरिक असन्तुष्टि उजागर गरेको छ। मंगलबार हुने निर्वाचनले पार्टीको भावी दिशा निर्धारण गर्नेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति