काठमाडौँ २९ मंसिर । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको टीममा पर्नका लागि लबिङ गरिरहेपनि त्यहाँ नअटाएपछि उनले स्वतन्त्र रूपमा उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
उनलाई अब ईश्वर पोखरेल प्यानलमा समेटिने बताइएको छ । त्यसैगरी ओलीको प्रखर प्रवक्ता रहेका कृष्ण गोपाल श्रेष्ठ समेत ओलीको टिममा नपरेपछि सचिवमा उमेद्वारी दर्ता गराएका छन् । श्रेष्ठ पनि पोखरेल प्यानलमा समेटिएका छन् ।
प्रतिक्रिया