काठमाडौं २९ मंसिर । नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष तथा सबैभन्दा प्रौढ नेता केशव बडाल पार्टीको अवस्था सम्झँदै स्टुडियोमै डाँको छोडेर रोएका छन् ।
११ औं महाधिवेशनको बन्द सत्रमा दुई कार्यकाल र ७० वर्षे उमेद हद पालना हुनुपर्ने भन्दै स्वेच्छिक अवकाश लिएका ७७ वर्षीय नेता बडालले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुलकका लागि प्रधानमसम्पादक शुभशंक कँडेलसँग कुरा गर्दै एमाले पार्टीले वर्ग धरातल र गरिबको दुख विर्सन थालेको भन्दै भक्कानिए । थप रुपमा बडालले पार्टीमा गरेको योगदान र लगानीको उचित कदर नभएकोमा घुमाउरो तरिकाले चित्त दुखाएका छन् ।
जारी महाधिवेशनमा खुलेर ओली वा पोखरेलको पक्ष नलिएतापनि सांगठनिक रुपमा पोखरेलेको ऐतिहासिक योगदान रहेको भन्दै प्रशांश गरेका छन् ।
बडालले पार्टीका २२६२ महाधिवेशन प्रतिनिधिलाई विवेक पुर्याएर पार्टी एकताका पक्षमा मिश्रित नेतृत्व निर्वाचन गर्न आग्रह गरेका छन् ।
नेता बडालसँगको भावुक र विचारोत्तेजक अन्तर्वार्ता एबीसी टेलिभिजनबाट प्रसारण भइरहेको छ ।
एमालेको जारी महाधिवेशनमा नेता बडाल, उपाध्यक्षद्धय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य सहित झण्डै एक दर्जन नेताहरुले सक्रिय राजनीतिक जीवनबाट अबकाशको घोषणा गरेका छन् ।
प्रतिक्रिया