एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं, २९ मंसिर । नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रक्रियाका लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ । एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि चुनावी कार्यक्रम अघि बढेको छ । आयोगले बन्दसत्र सुरु भएसँगै हिजो नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् ।

जस अनुसार, आज दिउँसो १ देखि साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय तोकिएको छ ।यसअघि प्रकाशित कार्यतालिकामा उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय साढे १० देखि साढे १ बजेसम्मका लागि तोकिएको थियो । संशोधित कार्यतालिका अनुसार, दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ ।

त्यस्तै, आजै ५ बजे उजुरी उपर छानबिन र निर्णय हुनेछ । त्यस्तै, ५ देखि ६ बजेसम्म उम्मेदवारको नाम फिर्ता हुने कार्यतालिकामा रहेको छ ।उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ साढे ६ बजे हुने बताइएको छ । मतदान भोलि ११ देखि ५ बजेसम्म हुने कार्यतालिका तय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति