एमाले महाधिवेशनः ओली पक्षका पदाधिकारी, उमेद्वार, लेखराज रिसाए

काठमाडौं २९ मंसिर । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भृकुटीमण्डपमा बन्दसत्र मा अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारी उम्मेदवारहरूको सूची अन्तिम रूप दिएको छ। अधिकांश पुराना अनुहारहरूलाई निरन्तरता दिइएको छ।
मुख्य पदहरूः

अध्यक्षः केपी शर्मा ओली (दोहोरिने)
महासचिवः शंकर पोखरेल (दोहोरिने)

उपाध्यक्ष (५ जना)

रामबहादुर थापा ‘बादल’
विष्णु पौडेल
गुरु बराल
पृथ्वीसुब्बा गुरुङ
प्रदीप ज्ञवाली (महासचिवका आकांक्षी थिए, उपाध्यक्षमा व्यवस्थापन)

उपमहासचिव ३ जनाः

विष्णु रिमाल
रघुवीर महासेठ
भानुभक्त ढकाल (पहिलो पटक पदाधिकारी बन्दै, ओलीका विश्वासपात्र तथा महाधिवेशन स्वयंसेवक परिचालन संयोजक)

सचिवहरू पद्मा अर्याल, छबिलाल विश्वकर्मा ,यमलाल कँडेल, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत

लेखराज भट्टलाई सुरुमा सचिवमा दोहोर्‍याउने सूचीमा राखिएको थियो, तर उनले नै ‘सचिवमा लड्दिनँ, अध्यक्षलाई भेटेर टुंगो लाग्छ’ भनेका छन्। यसले सूचीमा अन्तिम परिवर्तन हुन सक्छ।

महाधिवेशनमा ईश्वर पोखरेल पक्षसँग प्रतिस्पर्धा हुने देखिएको छ। उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया जारी छ।
पदाधिकारी संख्या विधानअनुसार १९ जना अघिल्लो महाधिवेशनकै संख्या कायम गरिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति