ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार

काठमाडौं, २९ मंसिर । नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीले महासचिवमा शंकर पोखरेललाई नै बनाउने भएका छन्।

एमालेको निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि शीर्ष नेताबिच छलफल पश्चात उनले पोखरेललाई नै महासचिवको उम्मेदवार बनाउन लागेको स्रोतको भनाई छ। महासचिवका लागि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको पनि दाबी थियो। उनीहरुलाई उपाध्यक्षमा लैजाने ओलीको तयारी छ।आइतबार भृकुटी महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूको सुझावअनुसार सहमतिका लागि अन्तिमसम्म प्रयत्न गरिने जानकारी दिएका थिए। पार्टी अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको प्यानल नै बनेर निर्वाचन हुने सम्भावना छ। आ(आफ्ना समूहका नेताहरुले पनि सहमतिका लागि छलफल तिब्र पारेका छन्। कतिपय महाधिवेशन प्रतिनिधिले भने प्यानल बनाएर निर्वाचन लड्न दिन नहुने सुझाव दिएका छन्।पोखरेल समूहबाट सुरेन्द्र पाण्डे वा योगेश भट्टराईले उम्मेवार बनाउने तयारी छ। पाण्डे उपाध्यक्ष र भट्टराई अहिले सचिव हुन् । भट्टराई उपमहासचिवमा उम्मेदवार बन्ने सम्भावना पनि छ।अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १,उपमहासचिव ३,सचिव ९ सहित १९ पदाधिकारी बनाउने निर्णय केन्द्रीय समितिले गरेको र सोही प्रस्ताव बन्दसत्रको हलले सर्वसम्मत पारित गरेको एमाले संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए। उनका अनुसार पोलिटब्युरोको एकतिहाई स्थायी कमिटी, पोलिटब्युरो सदस्य ९९ जना र पदाधिकारीसहित केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने गरी बन्दसत्र हलले पारित गरेको छ। संगठन विभाग सचिव ढुंगेलले यो संरचनाले पार्टीभित्र भौगोलिक, सामाजिक र पुस्तागत सन्तुलन कायम गर्दै समावेशी नेतृत्व निर्माणको आधार तयार गर्ने लक्ष्य लिएको बताए। एमालेले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयनका लागि फारम विवरण भइरहेको छ। निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए। भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोह गरेको एमालेले भृकुटीमण्डपमा टेन्ट टाँगेर बन्दसत्र सञ्चालन गरिरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति