एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै

काठमाडौँ, २८ मंसिर । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बोलाइएको हो।
काठमाडौँको भृकुटीमण्डपमा बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। बैठकपश्चात बन्दसत्र सुरु हुनेछ। सचिवालय बैठकले बन्द सत्र सञ्चालनमा विगतभन्दा फरक अभ्यास अपनाउँदै सिंगो सचिवालयले ‘अध्यक्ष मण्डल’को भूमिकामा रहने निर्णय गरेको छ।महाधिवेशनबाट पारित गरिनुपर्ने विशेष प्रस्तावको तयारीका लागि उपमहासचिव प्रदीप ज्ञवाली र महाधिवेशनमा हुने निर्णयहरूको माइन्युनिटिङका लागि भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा १।१ समिति गठन गरिएको छ।महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन्। महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ। एमालेले पदाधिकारीलाई नै स्थायी कमिटीको संरचना बनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति