चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत नवीन श्रीवास्तव अस्वस्थ

काठमाडौं २७ मंसिर । भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङको क्रममा अस्वस्थ भएका छन्।
शनिबार हाइकिङका लागि काठमाडौंको चम्पादेवीमा गएका उनी एक्कासि अस्वस्थ परेको उच्च स्रोतले बतायो।
‘बिरामी पर्नुभएको छ। उहाँको उद्धारका लागि हेलिकप्टर गएको हो,’ स्रोतले भन्यो।
भारतीय दूतावास स्रोतका अनुसार उनी हाइकिङ गएका हुन्। दूतावासले उनमा सामान्य समस्या आएको बताएको छ।
नेपाली सेनाका अनुसार हेलिकप्टर उनलाई लिन पुगेको छ। राजदूत श्रीवास्तव सहितको टोली हेलिकप्टर भएको ठाउँतर्फ पुगिरहेको सेनाले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति