कम्युनिस्ट एकताको बारेमा एमालेले निर्णय गुर्नपर्छ : देव गुरुङ

काठमाडौं २७ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा( का नेता देव गुरुङले अहिलेको अवस्थमा कम्युनिस्ट एकताको विकल्प नभएको भन्दै एमाले महाधिवेशनले ठोस निर्णय गर्नु पर्ने बताएका छन्।

नेकपा एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै महासचिव गुरुङले अहिलेको अवस्थामा कम्युनिस्ट एकता जरुरी रहेको बताए। यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको बताउँदै भने, ‘कम्युनिस्टहरू एकताबद्ध हुनुको विकल्प छैन। बामपन्थी एकताको विकल्प छैन। राष्ट्रवादी शक्तिसँगसहकार्य गर्दै अघि बढ्नुपर्छ।’

एमालेको महाधिवेशनले पनि त्यसका लागि आवश्यक निर्णय गर्नुपर्ने उनको भनाइ थियो। अहिलेको अवस्थामा कम्युनिस्ट एकजुट हुनुपर्ने बताउँदै गुरुङले भने, ‘कम्युनिस्टहरूको एकीकरण अनिवार्य छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति