एमाले खरानीबाट उठेर अजम्बर बनेको छ– अध्यक्ष ओली

काठमाडौं, २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन समय पार गर्दै पुनः सशक्त रूपमा अघि बढेको दाबी गरेका छन्। पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एमाले खरानीबाट उठेर अजम्बर पार्टी बनेको बताए।अध्यक्ष ओलीले महाधिवेशनमा देखिएको नेताकार्यकर्ताको उपस्थितिलाई महासागरको एउटा थोपा मात्र भएको उल्लेख गर्दै देशभर यस्तै हजारौँ “थोपा” एमाले रहेको दाबी गरे।

उनले पार्टीको संगठन र जनआधार अझै बलियो रहेको बताए।सम्बोधनका क्रममा ओलीले केही समयअघिको परिस्थितिको स्मरण गर्दै भने, ‘ती दिनहरू काला थिए, देश युद्धभूमि जस्तै देखिन्थ्यो। पुराना पार्टीहरू सकिए, नेताहरू गए, एमालेको सान्दर्भिकता सकियो भन्ने प्रचार गरियो। तर, धुवाँ, खरानी र निषेधको अवस्थालाई चिर्दै एमाले अघि बढेको छ ‘।नेकपा एमाले अजम्बर छ’ ओलीले भने, ‘चिसो सिरेटो पन्छाउँदै यहाँसम्म आइपुग्नुभएको सम्पूर्ण प्रतिनिधि र कार्यकर्तालाई हार्दिक स्वागत गर्दछु।’ उनले एघारौँ महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने विश्वास व्यक्त गरे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति