२३ र २४ भदौको घटनामा ओलीलाई जिम्मेवार देखाउने दुष्प्रयास गरियो– शंकर पोखरेल

काठमाडौं, २७ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत २३ र २४ भदौको घटनामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास गरिएको बताउनुभएको छ । भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन कार्यक्रम सञ्चालन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘‘केपी शर्मा अ‍ोलीका विरुद्धमा जुन प्रकारले प्रचारबाजी गरियो । एक प्रकारले भन्ने हो भने, २३ र २४ भदौको घटनामा हाम्रो पार्टीका अध्यक्षलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास गरियो,’ उहाँले भन्नुभयो । तर, जेनजीको भावनामा खेलेर नेपालमा लोकतन्त्र कमजोर बनाउने प्रयास भएको उहाँले बताउनुभयो। २३ र २४ भदौमा जुन प्रकारको घटना भए ती लोकतन्त्र विरोधी, गणतन्त्र विरोधीहरू गतिविधि रहेको पनि उहाँले बताउनुभयो । मुलुकमा एक प्रकारको भय र त्रास र प्रतिगमनतर्फ धकेल्ने प्रयास भइराखेको समयमा एमालेले महाधिवेशन गरेको र महाधिवेशनको उद्घाटनमा भएको उपस्थितिले धेरैलाई जवाफ दिएको महासचिव पोखरेलले बताउनुभयो । महाधिवेशनबाट एमालेको नीति कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन गर्ने उहाँले बताउनुभयो । एमाले कमजोर नभएको र अझ शक्तिशाली भएर अगाडि बढ्ने उहाँको विश्वास छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति