काठमाडौं, २७ मंसिर । नेकपा (एमाले)को ११औँ महाधिवेशन आज ९मंसिर २७०देखि सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित चौरमा आयोजना गरिएको छ ।महाधिवेशनस्थलमा बिहानैदेखि चहलपहल छ । उक्त चौरमा प्रवेश खुला गरिएको छ । तर, त्यहाँ प्रवेश गर्नुपूर्व प्रहरीले चेकजाँच गर्नेछ । गेटमा प्रहरीले चेक गरेपछि मात्र चौरमा प्रवेश दिइएको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुने छ। उद्घाटन बिहान ११ बजे गर्ने गरी निर्धारित छ । उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरूलाई आमन्त्रण गरिएको छ ।महाधिवेशनपछि बाँकी कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा हुने पार्टीका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले जानकारी दिनुभयो। महाधिवेशन यही मंसिर २९ गतेसम्म हुने तय छ ।
एमाले महाधिवेशनः गेटमा प्रहरीले ‘चेक’ गरेपछि मात्र प्रवेश
प्रतिक्रिया