नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज सुर्खेतमा

काठमाडौं, २७ मंसिर । नेपाली कम्युनिष्ट पार्टीको कर्णाली प्रदेशले आज शनिवार सुर्खेतको वीरेन्द्रनगरमा एकता सन्देश सभा आयोजना गर्दैछ । सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने नेकपाकी नेता विमला केसीले जानकारी दिइन् ।

उनका अनुसार सभालाई सम्बोधन गर्न नेता वामदेव गौतम र भीम रावल पनि सुर्खेत आउँदै छन् ।सन्देश सभा प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा हुने छ ।यसअघि मंसिर १८ गते कर्णालीमा हुने भनिएको सन्देश सभा विशेष कारण देखाउँदै २७ गतेका लागि सारिएको थियो ।

गत कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । त्यसपछि एकताको सन्देश दिन प्रदेशहरूमा एकता सन्देश सभा गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति