काठमाडौं २७ मंसिर । नेकपा एमाले को ११औँ राष्ट्रिय महाधिवेशन आज (२७ मंसिर २०८२, डिसेम्बर १३, २०२५) देखि भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। उद्घाटन सत्रमा करिब ३ लाख सहभागी हुने एमालेले आशा गरेको छ ।
देउवा, प्रचण्ड लगायत १६ पार्टीका अध्यक्षले शुभकामना दिने
मन्चको झांकी कस्तो ?
उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुनेछ।
नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दा बढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने।
मञ्चमा लिच्छविकालीन चाँगुनारायण मन्दिरको कलात्मक प्रतिकृति निर्माण गरिएको छ।
ठूला एलइडी स्क्रिन, उच्च गुणस्तरका साउन्ड सिस्टम, २५ हजार कुर्सी व्यवस्था।
उद्घाटनका लागि विद्युतीय पाला रिमोटबाट बालिने र ११ वटा झन्डा (१० सुरुमा, १ रिमोटबाट) फहराइने।
अतिथिहरूः नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाको संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत १६ पार्टीका अध्यक्ष रप्रतिनिधि निम्त्याइएका।
सुरक्षा र व्यवस्थापनका लागि १० हजार तालिमप्राप्त स्वयंसेवक र ५०० ड्रेसकोडमा परिचालन।
पार्किङ र र्यालीका लागि कोटेश्वर–गठ्ठाघर र जगातीमा व्यवस्था।
बन्द सत्रः
बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। महाधिवेशन मुख्यतः नयाँ नेतृत्व चयनमा केन्द्रित हुने बताइएको छ (विधान महाधिवेशनले नीतिगत विषय टुंग्याइसकेको)।
ईश्वर पोखरेलको छुट्टै दस्तावेजमा छलफल नहुने
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर २२ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको छुट्टै अवधारणा दस्तावेज (४० पृष्ठक) महाधिवेशन हलमा छलफल नहुने भएपनि उनले प्रतिनिधिहरुलाई आफ्नो अवधारणापत्र बांड्न भने पाउने भएका छन् । शुक्रबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
दस्तावेज प्रतिनिधिहरूलाई बाहिर वा बन्दसत्रमा वितरण गर्न सकिने, तर छुट्टै छलफल वा पारित नहुने।
पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिँदा आफ्नो अवधारणामा आधारित रहेर बोल्न पाउने।
दस्तावेजमा मुख्य विषयहरूः नेतृत्वको दुई कार्यकाल र ७० वर्षे उमेर हदको विधि तोडमोड भएको आरोप, वामपन्थी एकता, पार्टी सुधार, जेनजी आन्दोलनपछिको सन्दर्भमा नयाँ नीति आवश्यक रहेको पैरवी लगायत ।
यो निर्णयपछि संस्थापन इतर पक्ष (पोखरेल पक्ष) ले दस्तावेज छलफल गराउने प्रयास असफल भएको छ।
अध्यक्ष पदमा ओली र पोखरेलबीच प्रतिस्पर्धा
महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। पोखरेलले औपचारिक उम्मेदवारी घोषणा गरिसकेका छन्। यो प्रतिस्पर्धा जेनजी आन्दोलनपछिको बदलेको राजनीतिक परिवेशमा पार्टी नेतृत्व पुस्तान्तरण र सुधारको मुद्दामा केन्द्रित छ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पार्टीको भावी दिशाका बारेमा केही समसामयिक प्रस्ताव पारित गर्नेछ । विद्युतीय मतदान प्रणाली प्रयोग हुने तयारी छ।
प्रतिक्रिया