गोवाबाट पाँच नेपालीको शव ल्याउने तयारी

काठमाडौं, मंसिर २५ । भारतको गोवास्थित एक नाइट क्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल थालेको छ।नाइट क्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो। अन्य ६ जनाभन्दा बढी घाइते भएका थिए । गोवा प्रहरीका अनुसार घटनामा नेपाली नागरिकमा दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल, झापाका सबिन विश्वकर्मा र सुदीप गुरुङ डडेलधुराका मनोज जोराको मृत्यु भएको थियो।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार दिल्लीस्थित नेपाली दूतावास तथा त्यहाँ काम गर्न बसेका अन्य स्थानीय नेपालीको समन्वयमा नेपाली नागरिकहरूको शव नेपाल ल्याउने तयारी भइरहेको छ। यसका लागि दूतावासले आवश्यक कागजपत्र बनाउने प्रक्रिया सकेको छ। गोवा प्रहरीको सहयोगमा चूर्णबहादुरको शवलाई एयर एम्बुलेन्समार्फत लखनउ र त्यहाँबाट शव वाहनमार्फत घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ । अन्यको हकमा पनि थप पहल जारी रहेको र त्यहाँ रहेका नेपालीले आर्थिक जोहोसमेत गरेर शव पठाउने व्यवस्थामा सघाइरहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति