चितवन, २४ मङ्सिर । नेकपा एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको अन्तिम नामावली टुङ्गो लगाएको छ।
चितवन, २४ मङ्सिर । नेकपा एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको अन्तिम नामावली टुङ्गो लगाएको छ।
बुधबार बसेको प्रतिनिधि व्यवस्थापन समितिको बैठकले कुल २,१५४ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने निर्णय गरेको हो।
यसमध्ये :
- निर्वाचित प्रतिनिधि
- विशेष आमन्त्रित प्रतिनिधि
- पदेन प्रतिनिधि
यसबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३०९ जना सदस्यहरूले पनि महाधिवेशनमा सहभागिता जनाउनेछन्।
स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीका अनुसार सबै तयारी अन्तिम चरणमा पुगेको र मंसिर २७ गते भव्य रूपमा महाधिवेशन सुरु हुने बताए।
यो महाधिवेशनले नयाँ केन्द्रीय कमिटी, पदाधिकारी र भावी राजनीतिक कार्यदिशा निर्धारण गर्नेछ।
प्रतिक्रिया