एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी खेल्दै

काठमाडौं, २४ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दैछन् ।
खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । आजको खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायरको भोलि हुने खेलमा विराटनगर किङ्स र आजको इलिमिनेटर विजेता टोलीले फाइनल पुग्न खेल्नेछन् ।
यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । सुदूरपश्चिम एनपीएलमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।अब उसले उपाधिका लागि भोलि हुने दोस्रो क्वालिफायरको विजेतासँग शनिबार खेल्नेछ । अघिल्लो वर्ष भएको पहिलो संस्करणमा फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ड्ससँग पराजित भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति