एमाले महाधिवेशनः सचिव पदमा ३६ भन्दा बढी आकांक्षी, दुवै समूहमा तनाव

काठमाडौं, २३ मंसिर । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन (२७–२९ मंसिर) मा सचिव पदका लागि कम्तीमा ३६ जना नेताहरूले आकांक्षा देखाएका छन्। विधानमा ७ सचिव मात्र हुने व्यवस्था भएकाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै समूहलाई आकांक्षी व्यवस्थापन ज्यादै कठिन हुने देखिएको छ।
वर्तमान सचिवहरूको अवस्था

सचिवको संख्या ७ बटा ९ र उपाध्यक्षको संख्या ५देखि ७ सम्म बनाउने

७ सचिवमध्ये टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा छन्।
बाँकी ६ जना (गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, पद्मा अर्याल) मध्ये कसैले पनि सचिव पदमा दोहोरिने इच्छा देखाएका छैनन्।
विष्ट र भट्टराई महासचिवको दौडमा छन् (दुवै पोखरेल समूहमा खुलेका छन् )। महासेठले उपमहासचिव, विश्वकर्मा–भट्ट–अर्याल माथिल्लो पदको आकांक्षा राखेका छन्।

सचिव पदका मुख्य आकांक्षीहरू
स्थायी कमिटीबाट
(सबैजसो ओली पक्षका बाहेक कर्ण थापा पोखरेल पक्षका रहेका छन्)

काशीनाथ अधिकारी, भानुभक्त ढकाल, शेरधन राई, यमलाल कँडेल, अग्नि खरेल, राजन भट्टराई, गोरख बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, हिक्मत कार्की, लीलानाथ श्रेष्ठ

पोलिटब्युरोबाट

देवी ज्ञवाली, परशुमेघी गुरुङ, गोकुल बाँस्कोटा, महेश बस्नेत, जगत विश्वकर्मा, नारदमुनी राना, सुजीता शाक्य, विशाल भट्टराई, खिमलाल भट्टराई, ठाकुर गैरे, तिलकुमार मेन्याङ्बो, सूर्य थापा, पुरुषोत्तम पौडेल, अरुण नेपाल
(यसमध्ये बाँस्कोटा, गैरे, पौडेल, अरुण नेपाल पोखरेल पक्षमा खुलेका छन्)

केन्द्रीय सदस्यबाट

टंक कार्की, झपट रावल, ऐन महर, नीरज आचार्य, पदम गिरी, भगवती चौधरी, माधव ढुंगेल, विनोद ढकाल, रचना खड्का
(पोखरेल पक्षः कार्की, रावल, ढकाल, खड्का ्र ओली पक्षः महर, आचार्य, गिरी, चौधरी, ढुंगेल)

विशेष

एकीकृत समाजवादीबाट फर्किएकी रामकुमारी झाक्री पनि सचिव पदकी आकांक्षी छिन्।

सचिव पद सीमित (७ मात्र) भएकाले अधिकांश आकांक्षीले पद नपाउने निश्चित छ। यसले महाधिवेशनमा दुवै समूहभित्र असन्तुष्टि बढाउने र प्यानल बनाउँदा ठूलो चुनौती थप्ने देखिन्छ। विशेष गरी पोखरेल समूहले सचिव पदमा आफ्ना धेरै नेतालाई समेट्न नसके गुटभित्रै विद्रोह हुन सक्ने ठानिएको छ भने ओलीले सचिवको संख्या ७ बटा ९ र उपाध्यक्षको संख्या ५देखि ७ सम्म बनाउने सोच बनाएको गुण्डु स्रोतले नेपालपेजसँग बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति