काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसका विभिन्न क्षेत्रबाट प्रतिनिधिसभा उपनिर्वाचन (२१ फागुन) का लागि उम्मेदवार सिफारिस गर्ने क्रम शुरु भएको छ । मंसिर २४ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित महामन्त्री गगन थापासम्मलाई विभिन्न क्षेत्रबाट उमेद्वार सिफारिश गरिएको छ । सिफारिश हुनेहरुको सूची यस्तो छ ।
१. सुर्खेत–१
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सर्वसम्मत एकल सिफारिस। उनी यही क्षेत्रका सिटिङ सांसद हुन्।
समानुपातिकः नरबहादुर सोनी र भीमा मल्ल।
२. रुपन्देही–५
ठूलो विवाद। संस्थापन पक्षले भरतकुमार शाह ९तीनपटक जितेका पूर्वअर्थ राज्यमन्त्री० लाई एकलौटी सिफारिस गर्यो।
संस्थापनइतर (शेखर–गगन पक्ष) ले महासमिति सदस्य तथा केन्द्रीय प्रतिनिधिलाई बैठकमै नबोलाएको भन्दै कडा विरोध जनाउँदै युवा नेता विष्णु पोखरेलसहित तीन जनाको अलग्गै नाम सिफारिस गरी केन्द्रमा पठाएको छ। दुवै पक्षले समानुपातिक र राष्ट्रियसभातर्फ पनि अलग–अलग सूची पठाएका छन्।
३. नवलपुर–२
युवा नेता शंकर तिवारीको नाम प्रत्यक्षतर्फ सिफारिस। सिफारिस भएकामध्ये सबैभन्दा कान्छा उम्मेदवार उनी नै हुन् । वहालवाला सांसद विष्णु कार्कीसहित थप दुई जनाको पनि नाम सिफारिस भएको छ।
४. पर्सा–४
रमेश रिजाल (निवर्तमानसांसद) को नाम सर्वसम्मत एकल सिफारिस।
समानुपातिकः वृहस्पतिकृष्ण श्रेष्ठ र सुजाता देवी।
५. धनकुटा
महामन्त्री गगन थापाको नाम प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस (दोस्रोमा जिल्ला सभापति दिनेश राई)।
रोल्पाबाट पनि थापाकै नाम सिफारिस भएको छ। उनको साविक निर्वाचन क्षेत्र काठमाडौं–४ ले बुधबार टुंगो लगाउँदैछ।
धेरै जिल्लाबाट थापालाई उम्मेदवार बनाउन दबाब दिइएको छ ।
६. मोरङ–६
डा. शेखर कोइरालाको नाम सर्वसम्मत एकल सिफारिस।
७. झापा–१
महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत एकल सिफारिस।
काभ्रे–१
प्रतिनिधिसभा उपनिर्वाचन (२१ फागुन) का लागि नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गणेश लामाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ।
अन्य सिफारिस भएका नामहरू (प्रत्यक्ष):
- गुणराज मुक्तान
- तीर्थबहादुर पसखल
- विदुर बस्नेत
- रसिला खनाल (महिला)
समानुपातिकतर्फ:
- हर्षजित लामा (आदिवासी जनजाति)
- ललिता किराँती (आ.ज. महिला)
- हरिबहादुर बल (आदिवासी जनजाति)
- मीरा नेपाली (दलित)
- उद्धव कोइराला (अपाङ्ग)
- बाबुराम गिरी (अल्पसंख्यक)
राष्ट्रियसभातर्फ:
- इन्द्रमणी अधिकारी
- ईश्वरीप्रसाद ओझा
क्षेत्रीय सभापति दिनेश लामाका अनुसार सबै नाम क्षेत्रीय कार्यसमितिको बैठकले टुंगो लगाएको हो।
समग्र अवस्थाः
धेरैजसो क्षेत्रमा वरिष्ठ नेता तथा निवर्तमान सांसदहरूको नाम सहजरूपमा सर्वसम्मत सिफारिस भइरहेको छ। तर रुपन्देही–५ मा संस्थापन र शेखर–गगन पक्षबीच कडा गुटबन्दी देखिएको छ। उपनिर्वाचन नजिकिँदै गर्दा कांग्रेसभित्रको आन्तरिक विभाजन फेरि सतहमा आएको छ ।
प्रतिक्रिया