काठमाडौं २२ मंसिर । नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा विवाद भएका कोशी प्रदेशका दुई जिल्लामा दुवै पक्षका बीचमा लेनदेनबाट टुंग्याइएको छ ।
सहमति यस्तो छ ।
धनकुटा (कुल प्रतिनिधिः १३ जना)
पहिलेः राजेन्द्र राईसहित संस्थापन पक्ष (ओली पक्ष) ले एकलौटी छनोट गरेको थियो
केन्द्रको दबाबपछि – २ जना इतर पक्ष (पोखरेल पक्ष) लाई दिइयो ।
फिर्ता बोलाइएका (संस्थापन पक्ष):
शान्तिराम गौतम
अर्जुन छाराहाङ
थपिएका (इतर पक्ष)
निरेन तामाङ
मनोज राई
→ बाँकी ११ जना संस्थापन पक्षकै रहेका छन् ।
ओखलढुङ्गा (कुल प्रतिनिधिः १२ जना)
पहिलेः इतर पक्षले पूरै एकलौटी गरेको थियो (८ जना मात्र प्रतिनिधि पठाएको आरोप लागेको थियो) ।
केन्द्रको निर्देशनपछि ४ जना संस्थापन (ओली पक्ष) लाई थपेर विवाद समाधान गरिएको छ ।
संस्थापन पक्ष (ओली पक्ष) – थपगरिएका ४ जना
मोहनकुमार श्रेष्ठ (पूर्व जिल्ला अध्यक्ष)
अस्मिता थापा (जिल्ला उपसचिव)
हर्कबोल राई (संविधानसभा सदस्य)
शकुन्तला राजभण्डारी
इतर पक्ष – ८ जना
जीबी खड्का
अम्बिरबाबु गुरुङ
कमल न्यौपाने
इच्छाकुमारी गुरुङ
राजीव कटुवाल
रमिला मगर श्रेष्ठ
टीका धमला
ज्यानु कालिकोटे
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले नेपालपेजसँगको सम्पर्कमा भने – “दुवै जिल्लामा सहमतिको आधारमा प्रतिनिधि छनोट गरेका छौं। केहीलाई फिर्ता बोलाएर नयाँ नाम थपेका हौं।” दुवै जिल्लामा एक पक्षले एकलौटी गरेपछि केन्द्रले हस्तक्षेप गरेर अन्तिममा “सिट लेनदेन” गरेर मिलाइएको छ ।
प्रतिक्रिया