काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेस पनि संसद् पुनस् स्थापनाको पक्षमा उभिँदै सर्वोच्च अदालतमा विघटनविरुद्ध रिट दायर गरेको छ। आइतबार कांग्रेस निर्वाचन समितिका संयोजकसमेत रहेका पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाँतीले वारेसनामामार्फत रिट सर्वोच्चमा दायर गरेका हुन्।नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकको हस्ताक्षरमा संसद् पुनस् स्थापनाको मागसहित आइतबार रिट दायर भए पनि महामन्त्री गगनकुमार थापा भने उक्त रिट पार्टीको तर्फबाट नभएको तर्क गर्छन्।‘सर्वोच्चमा रिट लिएर नेपाली कांग्रेस गएको छैन।
संसदीय दल वा केन्द्रीय समितिबाट रिटमा जाने निर्णय भएको छैन,’ थापाले भने, ‘नेपाली कांग्रेसले केन्द्रीय समितिबाट जे निर्णय गरेको छ त्यही नै कार्यान्वयन गर्ने हो।’तर थापाले त्यसलाई व्यक्तिगत रिट भएको बताउँदै थपे, ‘कांग्रेसको बैठकमा पुनस्र्थापनामा जानुपर्छ भन्ने पनि आवाज आएको थियो। चुनावमा जानुपर्छ भन्ने पनि आवाज आएको थियो। यो त्यही संसद् पुनस्र्थापनामा जानुपर्छ भन्ने पक्षको आवाजको प्रतिनिधित्व हो। निर्वाचनमा जाने हाम्रो निर्णयमा रिटले कुनै फरक पार्दैन । हाम्रो निर्णय कार्यान्वयनमा हामी प्रतिबद्ध छौँ। व्यक्तिगत रूपमा रिट लिएर जाने स्वतन्त्रता सबैलाई छ।’महामन्त्री थापाले भने रिट नेपाली कांग्रेस पार्टी वा संसदीय दलका तर्फबाट नभएको दोहोर्याए ।
प्रतिक्रिया