लामो समयदेखि प्रतिक्षारत यो योजनाले विश्वभरि अमेरिकी राष्ट्रपतिको विश्वदृष्टिकोणलाई छनोटपूर्ण रूपमा लागू गर्ने लक्ष्य राख्छ।
ट्रम्प प्रशासनले बिहीबार राति ढिलो गरी लामो समयदेखि प्रतिक्षारत नयाँ राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेको छ, जसले अमेरिकाको विश्वव्यापी प्रभुत्वलाई दशकौंदेखिको विश्वव्यापी भूमिकाबाट धेरै पक्षमा पछि हट्ने प्रयाससँग मेल खाने दृष्टिकोण प्रस्तुत गरेको छ।
यो रणनीतिमा एकमात्र निरन्तर लाइन (जसले विभिन्न ठाउँमा हस्तक्षेपवादको पक्ष र विरोध दुवै गर्छ) वाशिङ्टनको महत्वाकांक्षालाई अगाडि बढाउनु हो।

“हामीले गर्ने हरेक कुरामा हामी अमेरिकालाई पहिलो स्थानमा राख्दैछौं,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिको परिचयमा लेखेका छन्, यसलाई उनले “अमेरिका मानव इतिहासकै सबैभन्दा महान् र सफल राष्ट्र बन्न सुनिश्चित गर्ने रोडम्याप” भनेका छन्।
तर रणनीतिको सुरुका अनुच्छेदहरू—जसले रणनीतिलाई “अन्त्य र साधनबीचको आवश्यक सम्बन्ध व्याख्या गर्ने ठोस, यथार्थपरक योजना” को पाठ्यपुस्तकीय परिभाषाबाट सुरु गर्छ—अमेरिकाको नेतृत्वमा रहेको शीतयुद्धपछिको विश्व व्यवस्थालाई आलोचना गर्छ र त्यसबाट स्पष्ट रूपमा विचलनलाई अगाडि राख्छ।
“अमेरिकी विदेश नीति एलिटहरूले आफैंलाई विश्वको स्थायी अमेरिकी प्रभुत्व हाम्रो देशको हितमा छ भन्ने विश्वास दिलाए। तर अन्य देशका मामिला हामीलाई त्यतिबेला मात्र चासोको विषय हुन्छ जब तिनका गतिविधिले हाम्रा हितलाई प्रत्यक्ष खतरा पुर्याउँछ,” दस्तावेजमा भनिएको छ। “हाम्रा विचार एलीटहरूले अमेरिकी जनताले राष्ट्रिय हितसँग कुनै सम्बन्ध नदेखेका विश्वव्यापी बोझ सधैंभरि बोक्न तयार हुने कुराको गम्भीर गलत अनुमान गरे।”
ग्रेट रिप्लेसमेन्ट षड्यन्त्र सिद्धान्तसँग सम्बन्धित श्वेत राष्ट्रवादी विचारको प्रतिध्वनि गर्ने भाषा पनि समग्र रणनीतिभरि छरिएको छ, जसले एक ठाउँमा युरोपमा “सभ्यताको मेटिने” खतरा बारे चेतावनी देखाएको छ र महादेशको “पश्चिमी पहिचान” को पुनर्स्थापना आह्वान गरेको छ। रणनीतिले ट्रम्प प्रशासनको जन्मदर घट्दै गएको चिन्तालाई पनि सम्बोधन गर्छ र “स्वस्थ बच्चा हुर्काउने बलिया, परम्परागत परिवारहरूको बढ्दो संख्या” अमेरिकी आध्यात्मिक र सांस्कृतिक स्वास्थ्यको “पुनर्स्थापना र पुनर्जीवन” का लागि आवश्यक रहेकोमा जोड दिन्छ।
यो रणनीतिले ट्रम्प प्रशासनको विश्वदृष्टिकोणलाई पाँच क्षेत्रमा विभाजन गर्छ र प्रत्येक क्षेत्रका सहयोगी, साझेदार, प्रतिद्वन्द्वी र अरू सबैका लागि सिद्धान्त र निर्देशन दिन्छ।
पश्चिमी गोलार्ध
ट्रम्पले अमेरिकी प्रभावलाई आफ्नो नजिकको क्षेत्रमा पुनःकेन्द्रित गर्ने कुरा—रणनीतिको पहिलो र सबैभन्दा प्रमुख भागमध्ये एक, जुन महिनौंदेखि संकेत गरिएको थियो, जसमा यो हप्ता प्रशासनले १८२३ को मोनरो सिद्धान्तमा “ट्रम्प कोरलरी” प्रकाशित गर्दै “हाम्रो गोलार्धमा आफ्नो भाग्य विदेशी राष्ट्र वा विश्ववादी संस्थाले होइन, अमेरिकी जनताले नै नियन्त्रण गर्नेछन्” भनेको थियो।
रणनीतिले स्पष्ट पार्छ कि यो पुनःसंरेखन मुख्य रूपमा ट्रम्पको सबैभन्दा ठूलो प्राथमिकतामध्ये एक—अमेरिकी सीमापारि मानिस र लागूऔषधको प्रवाह रोक्ने—उद्धेश्यको सेवामा केन्द्रित छ। “हामी गोलार्धका स्थापित मित्रहरूलाई आप्रवासन नियन्त्रण, लागूऔषध प्रवाह रोक्न र स्थल तथा समुद्रमा स्थिरता र सुरक्षा बलियो बनाउन भर्ती गर्नेछौं,” यसमा भनिएको छ। यसमा “हाम्रो गोलार्धमा तत्काल खतरा समाधान गर्न विश्वव्यापी सैनिक उपस्थिति पुनःसमायोजन” र “सीमा सुरक्षित गर्न र कार्टेललाई पराजित गर्न लक्षित तैनाथी, आवश्यक परे घातक बल प्रयोगसहित” समेत समावेश हुनेछ।
यसले अमेरिकी सुरक्षा, कूटनीतिक र व्यापारिक हितबीचको रेखा पनि धमिलो बनाउँछ—जुन ट्रम्प प्रशासनले पहिलेदेखि व्यवहारमा गरिरहेको छ। “हाम्रा सबै दूतावासले आफ्नो देशमा ठूला व्यापारिक अवसर, विशेष गरी ठूला सरकारी ठेक्का बारे सचेत हुनुपर्छ,” रणनीतिमा भनिएको छ। “यी देशहरूसँग सम्पर्क गर्ने हरेक अमेरिकी सरकारी अधिकारीले आफ्नो कामको एउटा भाग अमेरिकी कम्पनीहरूलाई प्रतिस्पर्धा बनाउन र सफल हुन मद्दत गर्नु हो भन्ने बुझ्नुपर्छ।”
रणनीतिले ल्याटिन अमेरिकामा चीनको प्रभावलाई स्पष्ट रूपमा चीनको नाम नलिईकनै प्रतिरोध गर्ने लक्ष्य राख्छ र भन्छ, “क्षेत्रमा वा क्षेत्रसँग काम गर्ने हरेक अमेरिकी अधिकारीले हानिकारक बाह्य प्रभावको पूर्ण चित्र बारे अद्यावधिक हुनुपर्छ र एकैसाथ साझेदार देशहरूमाथि दबाब दिने र प्रोत्साहन दिने काम गर्नुपर्छ ताकि हाम्रो गोलार्धको सुरक्षा होस्।”
एसिया
चीनको आफ्नै पिछौटेमा भने अमेरिकी रणनीतिले सहयोगी र साझेदारहरूलाई वाशिङ्टनको सबैभन्दा ठूलो समकक्षी प्रतिद्वन्द्वीलाई निरुत्साहित गर्न एकजुट गर्ने लक्ष्य राख्छ। “घरमा समृद्ध हुन हामीले त्यहाँ सफलतापूर्वक प्रतिस्पर्धा गर्नुपर्छ—र हामी गरिरहेका छौं,” यसमा भनिएको छ, जसले ट्रम्पको अक्टोबरमा एशियाक्षेत्र भ्रमणका क्रममा जापान, दक्षिण कोरिया र अन्य दक्षिणपूर्वी एसियाली देशहरूसँग गरेका सम्झौताको प्रशंसा गर्छ।
त्यसका दुई मुख्य खम्बा आर्थिक पुनर्सन्तुलन र सैनिक निरोध छन्, दुवै क्षेत्रमा रणनीतिले त्यस क्षेत्रका (र अन्यत्रका) सहयोगीलाई चीनको प्रभाव कम गर्न सहयोग गर्न आग्रह गर्छ। “हामीले युरोप, जापान, कोरिया, अष्ट्रेलिया, क्यानाडा, मेक्सिको र अन्य प्रमुख राष्ट्रहरूलाई चीनको अर्थतन्त्रलाई घरेलु उपभोगतिर पुनर्सन्तुलन गर्न सहयोग गर्ने व्यापार नीति अपनाउन प्रोत्साहन गर्नुपर्छ, किनभने दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र मध्यपूर्व मात्रले चीनको ठूलो अतिरिक्त क्षमता सोस्न सक्दैनन्,” यसमा लेखिएको छ।
यसले युरोप, जापान, दक्षिण कोरिया आदिको ७ ट्रिलियन डलरको कुल विदेशी सम्पत्ति र बहुपक्षीय विकास बैंकजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको १.५ ट्रिलियन डलर सम्पत्तिलाई चीनविरुद्ध परिचालन गर्ने प्रयास गर्छ। तर यहाँ पनि योजना स्पष्ट रूपमा अमेरिका फर्स्ट नै छ। “यो प्रशासन यी संस्थाहरूले अमेरिकी हितको सेवा गरोस् भन्ने सुधार लागू गर्न आफ्नो नेतृत्व प्रयोग गर्न प्रतिबद्ध छ,” रणनीतिमा भनिएको छ।

चीनसँग सन्तुलित र संवेदनशील नभएका कारकमा केन्द्रित व्यापार सम्झौता गर्न र कायम राख्न ट्रम्पको उत्सुकता भए पनि रणनीतिले चीनका दुई ठूला सैनिक महत्वाकांक्षामा कुनै छुट दिँदैन। “ताइवानमाथि द्वन्द्व निरोध गर्नु, त्यसका लागि आदर्श रूपमा सैनिक श्रेष्ठता कायम राखेर, प्राथमिकता हो,” यसमा भनिएको छ। “हामी ताइवान स्ट्रेटमा एकपक्षीय रूपमा यथास्थिति परिवर्तनलाई समर्थन गर्दैनौं भन्ने हाम्रो दीर्घकालीन घोषणात्मक नीति कायम राख्नेछौं।”
साथै, ट्रम्प प्रशासनले जापान र दक्षिण कोरियाजस्ता देशहरूमाथि बढी सैनिक बोझ थोपर्न चाहन्छ। “हामी यी देशहरूलाई प्रतिद्वन्द्वी निरोध गर्न आवश्यक नयाँ क्षमतासहित रक्षा खर्च बढाउन दबाब दिनुपर्छ,” यसमा भनिएको छ।
ती उद्देश्यमा भारतको प्रमुख भूमिका पनि छ, यद्यपि ट्रम्प नेतृत्वमा वाशिङ्टन–नयाँ दिल्ली सम्बन्ध दुई दशकयताकै सबैभन्दा तल्लो विन्दुमा छ। “हामीले भारतसँग व्यापारिक (र अन्य) सम्बन्ध सुधार्न गर्ने नीति जारी राख्नुपर्छ ताकि नयाँ दिल्लीले इन्डो–प्यासिफिक सुरक्षा योगदान गरोस् जसमा अष्ट्रेलिया, जापान र संयुक्त राज्यसँगको चतुर्भुज सहकार्य (‘द क्वाड’) पनि समावेश छ,” रणनीतिमा उल्लेख छ।
युरोप
बोझ सार्ने र नीतिगत निर्देशन गर्ने कुरा युरोपप्रति रणनीतिको दृष्टिकोणमा विशेष रूपमा तीव्र छ।
उप–राष्ट्रपति जेडी भान्सको फेब्रुअरीमा भएको म्युनिख सुरक्षा सम्मेलनको कुख्यात भाषणका विषयको प्रतिध्वनि गर्दै रणनीतिले युरोपमा “सभ्यताको मेटिने” भयानक सम्भावनाको विलाप गर्छ, जसलाई “स्वतन्त्र अभिव्यक्तिको सेन्सरसिप र राजनीतिक विरोधको दमन, जन्मदरमा भयानक गिरावट, राष्ट्रिय पहिचान र आत्मविश्वासको ह्रास” र त्यका लागि महादेशको आप्रवासन नीतिलाई आंशिक दोष दिइएको छ। “हामी चाहन्छौं युरोप युरोपेली नै रहोस्, आफ्नो सभ्यताको आत्मविश्व्वास पुनःप्राप्त गरोस् र नियामक दमनको असफल केन्द्रलाई त्याग गरोस्,” रणनीतिमा भनिएको छ।
अमेरिका फर्स्ट उद्देश्य भए पनि रणनीतिले वाशिङ्टनले “युरोपलाई आफ्नो वर्तमान मार्ग सुधार्न सहयोग गर्नुपर्छ” भन्छ, जसमा “युरोपेली राष्ट्रभित्र प्रतिरोध खेती गर्नु” पनि पर्छ। यसले “देशभक्त युरोपेली पार्टीहरूको बढ्दो प्रभाव” लाई “ठूलो आशावादको कारण” का रुपमा अथ्र्याएको छ ।
रूससँग युरोपको सम्बन्धमा थप हस्तक्षेपवादको आह्वान छ, जहाँ रणनीतिले युक्रेनमा रूसको युद्ध अन्त्य गर्न अमेरिकाको नेतृत्वमा भइरहेको वार्तालाई “युरेसियाली भू–भागमा रणनीतिक स्थिरताको अवस्था पुनःस्थापित गर्न र रूस र युरोपेली राज्यबीच द्वन्द्वको जोखिम कम गर्न” आवश्यक भनेको छ।
रणनीतिले युक्रेनमा “शत्रुताको शीघ्र अन्त्य” र “यसलाई जीवित राज्यको रूपमा बाँच्न सक्ने” पुनर्निर्माणको आह्वान गर्छ तर शत्रुता बन्द गर्ने सर्तमा खासै विवरण दिँदैन। बरु यसले “युद्ध बारे अवास्तविक अपेक्षा राख्ने युरोपेली अधिकारी” को आलोचना गर्छ र तिनलाई जनताको इच्छा बेवास्ता गरेको आरोप लगाउँछ। “ठूलो युरोपेली बहुमतले शान्ति चाहन्छ, तर त्यो इच्छा नीतिमा अनुवाद भएको छैन, मुख्यतः ती सरकारले लोकतान्त्रिक प्रक्रियाको तोडमोड गरेकाले।”
यद्यपि यसले नेटोको सदस्यताबारे रूसी मुख्य मागको प्रतिध्वनि गर्छ र “नेटोलाई सधैं विस्तार हुने गठबन्धनको रूपमा रहेको धारणा अन्त्य गर्ने र वास्तविकता रोक्ने” लाई प्रमुख अमेरिकी लक्ष्य भनेको छ।
मध्यपूर्व
यसको विपरीत, मध्यपूर्वप्रति रणनीतिको दृष्टिकोण विश्वभरि लोकतन्त्र प्रवर्द्धन गर्ने अमेरिकाको दीर्घकालीन लक्ष्यबाट ठूलो विचलन हो। क्षेत्रका देशहरूसँग साझेदारी गर्न “अमेरिकाले यी राष्ट्र—विशेष गरी खाडी राजतन्त्रहरू—लाई आफ्नो परम्परा र ऐतिहासिक शासन प्रणाली त्याग्न करकाप गर्ने गलत प्रयोग छोड्नु आवश्यक छ। जब र जहाँ सुधार आफैं जन्मन्छ, त्यसलाई प्रोत्साहन र प्रशंसा गर्नुपर्छ, बाहिरबाट थोपर्न खोज्नुहुँदैन,” यसमा लेखिएको छ।
यो नीति रणनीतिको माथिल्लो भागमा राखिएको “लचिलो यथार्थवाद” को व्यापक सिद्धान्तको प्रतिबिम्ब हो। “हामी विश्वका राष्ट्रहरूसँग राम्रो सम्बन्ध र शान्तिपूर्ण व्यापारिक सम्बन्ध चाहन्छौं तर तिनको परम्परा र इतिहाससँग धेरै फरक पर्ने लोकतान्त्रिक वा अन्य सामाजिक परिवर्तन थोपर्दैनौं।”
क्षेत्रका दीर्घकालीन द्वन्द्वहरू ट्रम्प प्रशासनका अनुसार “समाचार शीर्षकले विश्वास दिलाउन खोजेजस्तो समस्याग्रस्त छैनन्।” दस्तावेजले इजरायल र अमेरिकी आक्रमणले इरान “धेरै कमजोर” भएको, इजरायल–पालेस्टाइन द्वन्द्व “जटिल” तर “स्थायी शान्तितिर” अघि बढिरहेको र सिरिया “सम्भावित समस्या” तर स्थिर भएर क्षेत्रमा सकारात्मक भूमिका खेल्न सक्ने तर्क गर्छ।
उल्लेखित खाडी देशहरू ट्रम्पको यस वर्षको क्षेत्र भ्रमणका क्रममा गरिएका सम्झौताले बलियो बनाएको “अमेरिकाको उत्कृष्ट एआई प्रविधिको समर्थन” को मुख्य स्रोत हुन्।
समग्रमा, “मध्यपूर्वले अमेरिकी विदेश नीतिलाई दीर्घकालीन योजना र दैनिक कार्यान्वयन दुवैमा हावी गर्ने दिन सौभाग्यवश समाप्त भयो—मध्यपूर्वको महत्व घटेकाले होइन, बरु यो अब निरन्तर जलन र आसन्न विपत्तिको स्रोत रहेन,” रणनीतिले घोषणा गर्छ। “यो बरु साझेदारी, मित्रता र लगानीको स्थानको रूपमा उदाइरहेको छ—यो प्रवृत्तिलाई स्वागत र प्रोत्साहन गर्नुपर्छ।”
अफ्रिका
२९ पृष्ठको रणनीतिमध्ये ट्रम्प प्रशासनले अफ्रिकालाई जम्मा तीन अनुच्छेद मात्र छुट्याएको छ, जुन क्षेत्रले वाशिङ्टनका अमेरिकी नीति निर्माताबाट लामो समयदेखि कम ध्यान पाएको छ। नयाँ रणनीति स्पष्ट रूपमा लेनदेनमुखी छ र अमेरिकी व्यापारिक हित बढाउने र लगानी प्रतिफल उत्पन्न गर्ने साझेदारीमा केन्द्रित छ।
“लामो समयदेखि अफ्रिकामा अमेरिकी नीति उदारवादी विचारधारा प्रदान र फैलाउनेमा केन्द्रित थियो,” रणनीतिले घोषणा गर्छ। अब भने संयुक्त राज्यले सहायता–केन्द्रित दृष्टिकोणबाट “अमेरिकी वस्तु र सेवाका लागि आफ्नो बजार खोल्न प्रतिबद्ध देशहरूसँग व्यापार र लगानी” मा केन्द्रित दृष्टिकोणतिर मोडिनुपर्छ।
ऊर्जा र महत्वपूर्ण खनिज क्षेत्रमा “राम्रो प्रतिफलको सम्भावना” भएका तत्काल लगानीका अवसर छन्। संयुक्त राज्यले चलिरहेका द्वन्द्वमा सम्झौता वार्ता र द्वन्द्व निवारणमा योगदान दिन सक्छ, तर “इस्लामवादी आतंकवादी गतिविधिको पुनरुत्थानप्रति सतर्क रहनुपर्छ” र “कुनै दीर्घकालीन अमेरिकी उपस्थिति वा प्रतिबद्धता” बाट टाढा रहनुपर्छ भन्ने रणनीतिमा उल्लेख छ।
फरेन पोलिसीबाट
रिषि इयर (फरेन पोलिसीका स्टाफ लेखक) र क्रिस्टिना लु (फरेन पोलिसीका स्टाफ लेखक हुन्)
प्रतिक्रिया