क्यान प्रमुख प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं २१ मंसिर। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा आइतबार विशेष अदालतमा थुनछेक बहसपछि अदालतले आदेश जारी गरेको हो ।

उनलाई अख्तियारले गत बुधबार पक्राउ गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति