काठमाडौं, २१ मंसिर । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ ।कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।‘संसद् पुनर्स्थापनाको माग लिएर हामीले वारेसमार्फत खम्मजीलाई अदालत पठाएका छौं,’ घिमिरेले भने । खम्म खाती कांग्रेस निर्वाचन समिति संयोजक पनि हुन् । यसअघि नेकपा एमालेले पनि संसद् पुनर्स्थापनाको रिट निवेदन दर्ता गराएको छ ।
संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा
प्रतिक्रिया