बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री

काठमाडौं, २१ मंसिर । बुवा रामनारायण साहको निधनपछि शोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई भेटेर प्रधानमन्त्री सुशीला कार्की सिंहदरबार फर्किएकी छन् ।बालेन्द्रको सिनमंगल(गैह्रीगाउँस्थित निवासमा आइतबार दिउँसो २ बजे पुगेकी उनले परिवारजनलाई समवेदना प्रकट गरेर सिंहदबार फर्किएकी हुन् ।जेन(जी आन्दोलनपछि बालेनकै बलमा प्रधानमन्त्री बनेकी कार्की फागुन २१ मा चुनाव गराउने पक्षमा छिन् । उता बालेनले भदौ २३ गतेको दमनका दोषीहरूलाई पक्राउ र कारबाही गर्न सुधन गुरुङहरूमार्फत् निरन्तर दबाब दिइरहेका छन् ।बालेनका बुवा रामनारायणको मंसिर १५ गते नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा निधन भएको थियो । रामनारयणको पुर्ख्यौली थलो महोत्तरी हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति