५ पूर्वमन्त्री र सचिवसहित ५६ जनाविरूद्ध ८ अर्ब ३६ करोड विगो दाबीसहित भ्रष्टाचार मुद्दा

पूर्वमन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, डा.रामशरण महत र पोष्टबहादुर बोगटी, पूर्वसचिव मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा र भेषराज शर्मालाई मुद्दामा प्रतिवादी बनाइएको छ । त्यस्तै, सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलाई पनि प्रतिवादी बनाइएको छ।

काठमाडौं, २१ मंसिर :  पोखरा अन्तर्राष्ट्रिय विमास्नास्थल निर्माणमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्वमन्त्री तथा सचिवसहित ५६ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर हुँदै छ। 

अहिले विशेष अदालतमा मुद्दा दायर गर्ने प्रक्रियामा रहेको छ। पोखरा विमानास्थल निर्माणमा साढे ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै बिगो कायम गर्ने निर्णय भएको छ। 

पूर्वमन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, डा.रामशरण महत र पोष्टबहादुर बोगटी, पूर्वसचिव मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा र भेषराज शर्मालाई मुद्दामा प्रतिवादी बनाइएको छ । त्यस्तै, सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलाई पनि प्रतिवादी बनाइएको छ।

यस्तै, सञ्चालक समिति सदस्य मनरुप शाही, नागरिक उड्डययन प्राधिकरणका सदस्य ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सदस्य सचिव मदन खरेल, मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्य, रतिशचन्द्र लाल सुमन, तत्कालीन उपमहानिर्शेशबक सुमन कुमार श्रेष्ठ, उपसचिव हरिबहादुर खड्कालाई पनि प्रतिवादी बनाइएको छ। 

नागरिक उड्ड्यन प्राधिकरणका तत्कालीन उप महानिर्देशक रोशन चित्रकार, उपमहानिर्देशक ऋषिकेश शर्मा, उपनिर्देशक नारायण गिरी, उपनिर्देशक महेश कुमार बस्नेत, निर्देशक बाबुराम पौडेल, उपनिर्देशक अशोक कुमार सुवेदी, प्रबन्धक मुरारी भण्डारी, उपनिर्देशक सुवर्णराज उपाध्यायलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुलाई भ्रष्टाचारको अनुपातका आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप विगो असुल र सजायको मागदाबी अख्तियारले गरेको छ। 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति