काठमाडौं, २१ मंसिर : प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
पूर्वराष्ट्रपति भण्डारी भदौ २३-२४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनीमा परेका सरकारी संरचनाको अवलोकन गर्न दिउँसो करिब २ बजे सिंहदरबार पुगेकी थिइन्। सोही अवसरमा प्रधानमन्त्री कार्कीसँग भेटघाटको व्यवस्था मिलाइएको थियो।

भेटमा दुई नेतृबीच देशको वर्तमान राजनीतिक अवस्था, आगामी निर्वाचनको तयारी तथा सरकारले गरिरहेका कामकारबाहीका बारेमा छलफल भएको बुझिएको छ।
अवलोकनका क्रममा पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबारको पश्चिम भाग र ग्यालरी बैठक भवनको समेत निरीक्षण गरेकी थिइन्। जेन-जी आन्दोलनका बेला भएको आगजनीले सिंहदरबारको पश्चिमी भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
यो भेटघाटलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
प्रतिक्रिया